site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेन शाहलाई अफ्ठ्यारो पार्ने काम भएको छ : प्रमुख सचेतक शाही
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौं महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौं महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरूले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएको बताए । 

दलहरूको राजनीतिले काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको उल्लेख गरे । दलका नेताहरूले महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई अफ्ठ्यारो पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नु नहुने बताए । स्थानीय तहमा दलविहीन राजनीति हुनुपर्नेमा जोड दिए । 

"एउटा वडाध्यक्षलाई दलको शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ । संसद् हो यहाँ दलको आवश्यकता छ, दलीय राजनीति गरौँ । तर, स्थानीय तहमा अब दलविहीन राजनीतिको आवश्यकता छ । काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वतन्त्र चुनाव जितेकै कारणले उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने, कुन नेताको घरमा हाजिर लगाएर त्यहाँका कार्यपालिका सदस्यहरुलाई नारा जुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त पार्ने काम बन्द गरियोस् । र स्थानीय तहमा दलविहिन राजनीति होस्," उनले भने । 

उनले मन्त्रीहरूले गर्नु हुनेभन्दा गर्नु नहुने कामहरू बढी गरिरहेका भन्दै संसद्को भित्तामा मन्त्रीले गर्नु हुने र गर्नु नहुने काम भनि लेखेर राख्न माग गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro