site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महालक्ष्मी विकास बैंकको नाफा ४४.२१ प्रतिशतले बढ्यो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०७८/७९ मा ९५ करोड १९ लाख आठ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरणानुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४४.२१ प्रतिशतले बढेको हो ।

बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख  निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकको निक्षेप र कर्जा क्रमशः ३९ अर्ब ८८ करोड १२ लाखबाट १५.०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३. प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा निष्क्रिय कर्जा अनुपात २.८० प्रतिशत रहेकामा आर्थिक वर्ष २०७८/०७९ मा ०.३७ प्रतिशतले सुधार भई २.४३ प्रतिशत पुगेको बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गएको आवमा २० प्रतिशत बोनस सेयर दिएर चार अर्ब एक करोड ८ लाख पुर्‍याएको छ । बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३.७३ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

Global Ime bank

यस्तै, पुँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा सेयरधनी पुँजी कोष पाँच अर्ब ५७ करोड ९३ लाख रहेकामा आर्थिक वर्ष २०७८/०७९ मा सेयरधनी पुँजी कोष ६ अर्ब ४२ करोड नौ लाख रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय