राजनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आइतबार बिहान काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा आबद्ध विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
उनीहरूले गभर्नरविरुद्ध चर्को नाराबाजी गरेका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरू ब्यानरसहित बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरभित्र पनि छिर्न खोजेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो । ती प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ ०९:५४
प्रतिक्रिया दिनुहोस्