site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दानवीर
Sarbottam CementSarbottam Cement

बाढीपीडितहरूका लागि सहयोग राशि (चन्दा) एकत्रित गर्ने काम हुँदै थियो । केही स्वयंसेवकहरूले एउटा सांगीतिक कार्यक्रमको आयोजना गरेका थिए, जसमा सहयोग धन एकत्र गर्ने योजना बनाइएको थियो ।

त्यसै क्रममा उनीहरू एकजना धनाढ्यकहाँ पुगे । धनाढ्यलाई तिनले भने, ‘देशमा यतिखेर संकटको समय आएको छ । लाखौँ भाइबहिनी बेघर भएका छन् । तिनका लागि अन्न र वस्त्र जुटाउनका लागि तपाईंले पनि ठूलो रकम दान दिनुपर्ने हुन्छ । तसर्थ, तपाईं पनि समारोहमा आउनुपर्यो ।’

उनले भने, ‘भगवान्को इच्छामा कसले बाधा, अड्चन उत्पन्न गर्न सक्छ र ! जब हरिकै इच्छा त्यस्तो छ भने हामीले के कसैको मद्दत गर्न सक्छौँ र ? भाइ, दैनिक दुई–चार किसिमका चन्दाहरू त मैलै दिँदै आएको नै छु । फेरि, अचेल व्यापारमा पनि खासै दम छैन ।’

Prabhu Bank
Agni Group
NIC Asia

एक स्वयंसेवकले भने, ‘समारोहमा खाद्यमन्त्री पनि आउनेवाला हुनुहुन्छ । र, उहाँले आफैँ धन एकत्र गर्नुहुनेछ ।’

धनाढ्यको अनुहारमा एक किसिमको चमक आयो ! जस्तो भक्तको अनुहारमा भगवान्को स्मरण गरेर आउने गर्छ । उनले भने, ‘हुन त हो, बिचरा समस्यामा त परेका छन् ! के गर्न सकिन्छ र ? मसँग जे जति हुन्छ मद्दत गर्छु नै । आखिर म पनि देशवासी नै हुँ । तपाईं आएपछि खाली त्यत्तिकै जान दिन्छु र, एक हजार दिन्छु । तर, मन्त्रीजीले आफैँ लिनुहुन्छ नि ? उहाँले आफैँ अपिल गर्नुहुन्छ नि ? उहाँकै हातमा दिने त हो नि ?’

Global Ime bank

उनले भने, ‘हजुर । मन्त्रीजीले नै रकम ग्रहण गर्नुुहुन्छ ।’

धनाढ्यले भने, ‘त्यसो भए ठिक छ । म तोकिएको समयमा नै आइपुग्छु ।’

समारोहमा धनाढ्य एक हजार रुपैयाँ लिएर पुगे । तर, संयोगवश मन्त्रीजी केही पहिले नै जरुरी काम आइपरेकोले उठेर हिँडे । उनले न त अपिल गर्न पाए न त सहयोग राशि नै लिन पाए ।

संयोजकले अपिल गरे । पैसा उठ्न थाल्यो । उनीहरू धनाढ्यको अघिल्तिर पुगे ।

धनाढ्यले भने, ‘बुद्धु बनाउन मै भेटिएको थिएँ ! तिमीले त भनेका थियौ मन्त्रीजीले आफैँ लिनुहुन्छ भनेर । तर, मन्त्रीजी त गइसक्नुभएछ !’
(‘हिन्दी समय’ बाट)   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ०६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement