site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मिटर ब्याजमा जेलिएका पीडित न्याय माग्दै फेरि माइतीघरमा (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । मिटर ब्याजको जालोमा परेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका ६ स्थानीय तहका सयौँ पीडित किसान फेरि माइतीघर मण्डलमा पुगेर धर्नामा बसेका छन् ।

मंगलबार राति काठमाडौं आएका नवलपरासी पश्चिमका ६ पालिकामा मिटर ब्याजबाट ठगीमा परेका ६२ जना पीडित किसानहरूले बुधबारबाट माइतीघर मण्डलमा धर्ना तथा विरोध कार्यक्रमको सुरुवात गरेका हुन् ।

केही दिन पछि थप पीडित काठमाडौं आउने मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितिले जनाएको छ ।

वर्षौँदेखि मिटर ब्याजको चङ्गुलमा फसेका पीडित किसानहरू न्यायका लागि दोस्रो पटक काठमाडौंको यात्रा तय गर्न बाध्य भएका हुन् । यसअघि पनि न्यायका लागी माइतीघरमा लामो समय धर्ना दिएका पीडितहरूले असार १४ गते गृह मन्त्रालय प्रवक्ता फणिन्द्रमणी पाेखरेलले मिटर ब्याजीहरूलाई पक्राउ गरेर कारबाही गर्ने भन्दै आश्वासन दिँदै धर्ना स्थगित गरेर घर जान आग्रह गरेका थिए ।

त्यतिबेला मिटर ब्याजीहरूलाई पक्राउ पनि गरियो । पीडितहरू न्याय पाउने आशमा ढुक्कसँग घर पुगे । त्यसको केही समयपछि पक्राउ परेका मिटर ब्याजीलाई बिना कारबाही छोडियो ।

पीडितलाई न्याय दिलाउने भन्दै गृह मन्त्रालयले आफूहरूलाई झुक्याउन एउटा नाटक मात्रै रचेको पीडितहरू बताउँछन् । न्याय नपाएको आक्रोशमा नवलपरासीका पीडितहरू ६ बुँदे मागसहित फेरि धर्नामा उत्रिएका हुन् ।

गाउँमा हुँदा मिटर ब्याजी वसन्त कोहार, सुरेश बानियाँ, जगदीश बानियाँ, सुजित बानियाँ, सुनिल बानियाँ लगायतले पीडितहरूबाट जबर्जस्ती पैसा माग्न नयाँ नयाँ किसिमका तौरतरिका अपनाउने गरेको पीडितको गुनासो छ ।

लिएकाे ऋण चुक्ता गरिसक्दा पनि जबर्जस्ती तमसुक बनाएर दोब्बर तेब्बर पैसा ब्याजका नाममा असुल्ने गरेको पीडित महादेव तेलीले बताए ।

सुस्ता-३ का महादेव तेली उमेरले ६० वर्ष पुगे । उनले आफ्नै गाउँका बनासी कलवारबाट १२ लाख रुपैयाँ ऋण लिएका थिए । उक्त ऋणको सावाँ ब्याज गरेर ३५ लाख रुपैयाँ बुझाउदा समेत अझै ६० लाख रुपैयाँ बाँकी रहेको भन्दै मिटर ब्याजी बनासी कलवार तेलीको घरमा पुगिरहन्छन् ।

त्यस्तै नवलपरासीको सुस्ताकै ७६ वर्षीया प्रेम नारायण कोइरीको पनि गुनासो उस्तै छ । कोइरीका अनुसार मिटर ब्याजी वसन्त कोहार र गोबिन्द मुराउबाट २२ कट्ठा जग्गाको पुर्जा धितो राखेर १२ लाख ऋण लिए । कोइरीले तोकिएको भाका भित्र लिएको ऋणको सावाँ ब्याज गरेर २२ लाख रुपैयाँ बुझाइसक्दा पनि अझै ४६ लाख बाँकी रहेको भन्दै २२ कट्ठा जग्गाको लालपुर्जा दिन आनाकानी गरिरहेको कोइरी बताउँछन् ।

'४६ लाख रुपैयाँ दे अन्यथा यो जग्गा लिलाम गरिदिन्छु' भन्दै धम्की दिने गरेको कोइरीले बाह्रखरीसँगको कुराकानीमा बताए । उनीहरू दुई जना त प्रतिनिधि पात्र मात्रै हुन् । यसरी मिटर ब्याजको जालोमा नवलपरासीका सयौँ पीडितहरू वयोवृद्ध उमेरमा न्यायको आशामा काठमाडौंको माइतीघरसम्म आएका छन् ।

मिटर ब्याजको जालोमा अल्झिएका नवलपरासीका पीडितहरू पशुपतिमा टहरा निर्माण गरेर बसेका छन् । ६ बुँदे मागसहित दोस्रो पटक काठमाडौं आएका मिटर ब्याज पीडित भन्छन्, "यसपटक न्याय नपाएसम्म घर जाँदैनौ, निरन्तर धर्ना, प्रदर्शन गरिरहन्छौँ ।"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro