अर्थ व्यवसाय
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधारदरमा दुई प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गर्न पाउने भएका छन् ।
बुधबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै चालु आर्थिक वर्षमा यस्तो कर्जा प्रवाह गर्दा आधारदरमा दुई प्रतिशत विन्दु मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था गरेको हो ।
यस्तो व्यवस्था यसअघि थिएन । यसरी सीमा नतोकिँदा बैंक तथा वित्तीय संस्थाले लुवित्तलाई महँगोमा यस्तो कर्जा प्रवाह गर्दै आएका थिए । यो व्यवस्थाले लघुवित्त संस्थालाई राहात मिलेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ १७:१७
प्रतिक्रिया दिनुहोस्