site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अभियान लघुवित्तको आईपीओ बिक्री खुला 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँबराबरको नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन बिक्री खुला गरको हो । 

लघुवित्तले निष्कासन गरेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी नौ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Agni Group
NIC Asia

आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ १ गतेसम्म आवेदन दिने समय थप गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ ।

लगानीकर्ताले न्यूनतम १० देखि तीन हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

Global Ime bank

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात् लघुवित्तको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा ३५ लाख रुपैयाँ छ । यस्तै, उक्त अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६० पैसा छ । प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ३६ पैसा छ ।

कम्पनीले पहिलो कारोबारका लागि नेप्सेबाट १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ०८ पैसा पाउने देखिन्छ । आईपीओ निष्कासन गरेको कम्पनीलाई धितोपत्र दोस्रो बजारमा नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  ०५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय