site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयल निगमलाई निजीकरण गरिनेवाला छैन : मन्त्री बडू
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनेर भ्रामक हल्ला मात्र गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले निगमलाई निजीकरण गर्न लागेको भनेर बजारमा हल्ला फैलाएर भ्रम छर्न खोजिएको जिकिर गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

समिति सदस्य नरबहादुर धामीले सो विषयमा प्रश्न गरेका थिए । जवाफमा मन्त्री बडूले निराधार, तथ्यहीन र भ्रम फैलाउने उद्देश्यले बजारमा यस्ता हल्ला फैलाइएको बताए ।

सरकारले त्यस्तो खालको कुनै कदम नचालेको उनले उल्लेख गरे । उनले भने, “आधारसहित भनिदिने हो भने जवाफ दिन सजिलो हुन्थ्यो । निराधार, भ्रामक ढंगले भ्रम फैलाउने काम भयो । यो भ्रम फैलाउनेहरूको गैरजिम्मेवारी हो । उहाँहरूले जिम्मेवारीसाथ वस्तुगत ढंगले भन्दिए त्यसको निराकरण छ । त्यसकारण हल्ला भ्रामक हुन् । आधारहीन हुन् । तथ्यहीन हुन् ।”

Royal Enfield Island Ad

मन्त्री बडूले निजीकरण नभई निगमलाई सुधार र ऋणमुक्त गर्नुपर्ने बताए । “निजीकरण गरिनेवाला छैन । काम गर्ने निमगले नै हो । तर, निगमभित्रको सुधार गर्नुपर्छ भन्नु गलत हो भन्नेजस्तो लाग्दैन,” उनले भने, “यसलाई कसरी हुन्छ, सुधार गरौँ । यसलाई ऋणबाट मुक्त गरौँ भनेको हो । अहिले घाटामा गहिरहेको छ । जसकारण राज्यले समेत घाटा व्यहोर्नु परिरहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro