site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फोहोरभित्रको गिरोहले फोहोरमैलाको समस्या समाधान गर्न  दिएन : मन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैलाभित्रकै गिरोहले यसलाई ठूलो विषय बनाइरहेको उनले उल्लेख गरे । उनले स्थानीय तहले अब फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले फोहोरमैला व्यवस्थापन गर्ने विषयमा संघीय सरकार स्थानीय सरकारलाई  सहयोग गर्न तयार रहेको बताए । उनले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरूमा सरसफाई गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको जानकारी पनि दिए ।

उनले सरसफाइको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय आवश्यक रहेको औँल्याए । ‘नाइट टुरिजम’ व्यवस्थित बनाउन पर्यटकीयस्थल, मठमन्दिर र सम्पदालाई सुन्दर, संरक्षण र सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।

“फोहोरमैलाको कुराहरू अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो । तर, हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोरमैलाभित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ त्यहाँभित्रको गिरोहले,” उनले भने, “स्थानीय तहले फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ जानुपर्छ । हामी सबै त्यसको लागि सहयोग गर्न तयार छौँ । हामी मठमन्दिरहरूमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्दै छौँ । त्यहाँबाट नै चेतनाको अभियान सुरु हुनेछ । यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरू लैजान्छौँ । नाइट टुरिजमको कुरा गरिरहँदा, पर्यटकहरूलाई घुमाउने कुरा गर्दा त्यो किसिमको स्थानीय वातावरण तयार गर्नुपर्छ । सरसफाइ र हाम्रा सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक छ ।”

उनले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गरे । उनले आफ्नो मन्त्रालय विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताए ।

योजना लिएर आउने युवालाई विकासका काम गर्न पैसाको चिन्ता नगर्न उनले आग्रह गरे । उनले काठमाडौंको विकासका लागि नयाँ ढंगले बहस गर्न आवश्यक रहेको पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro