site stats
बाह्रखरी :: Baahrakhari
विशेष
यसरी चिनौँ विषालु च्याउ 

काठमाडौं । बर्खायाममा विषालु च्याउको सेवनबाट दैनिकजसो बिरामी तथा मृत्यु हुने गरेको पाइन्छ । विषालु च्याउको सेवनबाट नेपालमा बर्सेनि ३० देखि ४० जनासम्मको मृत्यु हुने गरेको तथ्यांक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्खायाममा आफैँ उम्रिने च्याउ नछुन र नखान अनुरोध गरेको छ । नेपालमा पाइने एक हजार ३०० प्रजातिका च्याउमध्ये झन्डै १०० जातका च्याउ विषालु हुन्छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार खुला ठाउँमा पाइने ६२ प्रकारका च्याउ अत्यन्तै विषालु हुन्छन् । विषालु च्याउमा भएको विष पकाउँदा समेत नजाने भएकाले यस्ता च्याउ खाँदा मृत्यु समेत हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कसरी चिन्ने खान नहुने च्याउ ? 
कृषि अनुसन्धान परिषद्का अनुसार खान अयोग्य च्याउको छाता खस्रो, नमिठो गन्ध तथा धेरै झुस भएको हुन्छ ।

यस्तै, थरीथरीका रङ तथा छुँदा रङ परिवर्तन हुने हुन्छ । विषालु च्याउ भाँच्दा चोप निस्किन्छ भने हेर्दा आर्कषक हुन्छ ।

ध्वाँसे च्याउ, पहेँलो–रातो कत्ले, सल्ले, सेतो कत्ले, खैरो ध्वाँसे कत्ले, डल्ले सेतो कत्ले, मुसा खैरो सेतो कत्ले, खैरो धर्से भूत च्याउ, चितुवा बुट्टे, सेतो कत्ले औँठी, कागते, सेतो कत्ले बेरिएको, कालो कत्लेलगायत च्याउहरूलाई विषालु च्याउका रूपमा वर्गीकृत गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्