site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिमरा विमानस्थल, परवानीपुरलगायत धेरै स्थानमा भारी वर्षा
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । देशका विभिन्न भागमा भारी वर्षा भइरहेको छ । बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाको धेरै स्थानमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । 

उक्त क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले पसाहा खोला, दुधौराखोलालगायत सो क्षेत्र भई बहने खोलामा आकस्मिक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । 

Royal Enfield Island Ad

सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखमले आग्रह गरेको छ । 

चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । र, थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro