site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणेश थापाका छोरा गौरवलाई सीईओ बनाउने प्रपञ्चले पेचिलो बन्दै एन्फा राजनीति

काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वमा आएपछि सोमबार कार्यसमितिको दोस्रो बैठक बस्दैछ । निर्वाचित भएपछि सम्पन्न पहिलो बैठक नै नेम्वाङका लागि ‘पहिलो गासमै ढुंगा’ भने जस्तो भएको थियो । सोमबार हुने दोस्रो बैठक नेम्वाङका लागि अझ पेचिलो बन्ने निश्चित जस्तै छ । 

‘सुशासन’को मुख्य एजेन्डा बनाउँदै एन्फा नेतृत्वमा विराजमान भएका नेम्वाङको पहिलो बैठक नै सुशासनविपरीत भएको भन्दै उनको चर्को आलोचना भएको छ । एन्फा विधानअनुसार कार्यसमित बैठकको सात दिनअघि बैठकका कार्यसूचीबारे पदाधिकारीलाई लिखित रूपमा जानकारी गराउनु पर्छ । तर, नेम्वाङले पद तथा गोपनीयताको सपथ खान एन्फा पुगेका निर्वाचित सदस्यलाई बैठकमा राखेर तीन महत्वपूर्ण नियुक्तीसहित महत्वपूर्ण निर्णयहरू गराए । 
कर्माछिरिङ शेर्पाविरुद्ध कार्यकालभर जुन आरोप लगाएका थिए । पदमा पुगेपछि उनी स्वयं त्यही पथमा देखिएका छन् । विशेषगरी पहिलो बैठकका तीन निर्णय विवादित बन्यो । पहिलो– अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाँडे, दोस्रो–खेलाडीलाई सीधै राष्ट्रिय टोलीमा समावेश गर्ने र तेस्रो–दक्षिण एसियाली फुटबल संघ (साफ)मा एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीलाई उपाध्यक्षमा उठाउने । 

पहिलो बैठकबाट पाँडेसँगै महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई पनि नियुक्त गर्ने निर्णय गरिएको थियो । अघिल्लो कार्यकालमा नेम्वाङले वर्तमान अध्यक्ष शेर्पालाई आर्थिक अनियमितता गरेको आरोप लगाएका थिए । तर, अघिल्लो कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी पाएका जोशीलाई नेम्वाङले त्यही पदमा दोहर्याए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

चुनावमा शेर्पाविरुद्ध लड्न नेम्वाङले नविन पाँडे र पूर्वअध्यक्ष गणेश थापासँग मोर्चाबन्दी कसेका थिए । तर, पहिलो बैठकको निर्णय पछि दोस्रो बैठकसम्म आई नपुग्दै त्यो मोर्चाबन्दी खुकुलो भइसकेको छ । मोर्चाबन्दी जारी रहन्छ वा टुट्छ, त्यो भने दोस्रो बैठकमा हुने निर्णयले तय गर्नेछ । 

कारण एन्फामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा गौरव थापालाई नियुक्त गर्न थापा पक्षको जोड छ । तर, गौरवलाई कुनै पनि हालतमा सीईओ पदमा नियुक्त नगर्ने पाँडे पक्षको अडान छ । सोमबार बिहानसम्म दुवै पक्षले बीचको बाटो अपाउने सम्भावना पनि छ । तर, सामाजिक सञ्जालमा भएका आरोप–प्रत्यारोप हेर्दा भने त्यो सम्भावना कम देखिन्छ । 

पाँडेलाई नियुक्त गरेको केही दिनमै गणेश थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘विधान विपरीत विदेशी नागरिकलाई नियुक्त गरिएको र अवैधानिक रूपमा गरिएको निर्णय सच्याउनु पर्ने’ धारणा राखेका थिए । जसले पाँडेलाई चिढाएको थियो । त्यसपछि झन् नेम्वाङ–पाँडे पक्ष जसरी पनि गौरवको नियुक्ती रोक्ने रणनीतिमा लागेको छ । 

एन्फामा गौरवको ‘इन्ट्री’ भयो भने महासचिव किरण राई र अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेको भूमिका खुम्चिने डरले उनीहरू सचेत छन्, झस्किएका छन् । एएफसीमा काम गरिसकेका कारण गौरवको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो छ । त्यसकारण अन्तर्राष्ट्रिय सम्बन्धमा गौरव हाबी हुने र सीईओ भएपछि महासचिवको कामकारबाही पनि उनको हातमा पुग्ने डरले नेम्वाङ–पाँडे पक्ष डराएका छन् । 

नेम्वाङ–पाँडे पक्षले प्रवक्तामा पनि बद्री भट्टराईलाई अघि सारेको छ । तथापि प्रवक्ता सुरेश शाहलाई दिनेमा पाँडे पक्ष लचिलो देखिएको छ । तर, थापाको विषयमा भने उनीहरू बढी सशंकित छन् । र कुनै हालतमा हुन नदिने पक्षमा छन् । 

दुई दिनअघि पाँडेले गणेश थापालाई सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “काम कुरो एका तिर, कुम्लो बोकी ठिमीतिर नहोस् है फुटबलका नेताहरू, पछुताउनु नपरोस् । खेलडी र खेलको विकासको एजेन्डालाई ओझेल पार्ने काम नगरौंँ । नेपाली फुटबल कसैको पैतृक सम्पत्ति होइन ।”

पाँडेको स्टाटसमा एन्फाका उपाध्यक्ष दावा लामाले लेखेका छन्, “हामी त्यस्तो हुन दिन्नौँ ।”

लामा नेम्वाङ–पाँडे पक्षकै हुन् । त्यसकारण सोमबार बैठकमा नेम्वाङले प्रस्तुत गरेको १२ बुँदे एजेन्डमध्ये सबैभन्दा पेचिलो विषय सीईओे नियुक्त हुने स्पष्ट देखिएको छ । कर्मा पक्षबाट उपाध्यक्ष पदमा निर्वाचित दीर्घबहादुर केसी (कुमार)ले थप पाँच बुँदे एजेन्डा थप्न माग गरेका थिए । त्यसमा अध्यक्ष नेम्वाङ सहमत भएको बुझिएको छ ।

पछिल्लो चार वर्षे कार्यकालमा नेम्वाङले तत्कालीन अध्यक्ष शेर्पाको चर्को आलोचना गर्दै आएका थिए । अन्ततः उनै शेर्पालाई हराउँदै नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भए, गणेश थापाको साथ लिएर । थापा तिनै व्यक्ति हुन्, जसकाविरुद्ध नेम्वाङले शेर्पासँग मोर्चाबन्दी गर्दै आन्दोलन छेडेका थिए । तर, गत निर्वाचनमा शेर्पालाई हराउन उनै थापासँग नेम्वाङ नतमस्तक बनेका थिए । उनकै सहारामा नेम्वाङले चुनाव पनि जिते । तर, निर्वाचित भएलगत्तै नेम्वाङ थापा पक्षलाई पनि लात हान्ने मोडमा पुगेका छन् ।

नेम्वाङ पक्षले पछिल्लो समय शेर्पासँग पनि भेटघाट बाक्लो बनाउन थालेका छन् । नेम्वाङ र महासचिव राई स्वयंले शेर्पालाई भेटेर मिलेर जान आग्रह गरेको घटनाबाट थापा पक्ष पनि सशंकित बनेको छ । पहिलो बैठकमै आफ्नो पक्षलाई नियुक्त गरेपछि नेम्वाङ पक्ष अहिले बलियो स्थितिमा छ । 

सोमबार हुने बैठकबाट चार साहायक–महासचिवमा अरुणमान जोशी, दिनेश व्यञ्जनकार, बसन्त अर्याल, बद्री भट्टराई र राजेन्द्र न्योपाने मध्येबाट मनोनित गर्ने योजनामा छन् । तथापि, गौरवलाई पनि सहायक–महासचिव बनाएर मनाउन नेम्वाङ–पाँडे पक्ष लागेका छन् । तर, गौरवलाई सीईओ नियुक्ती थापा पक्षको ‘बटमलाइन’ बनेका कारण सहायक–महासचिव पदमा मान्ने देखिँदैन । त्यसकारण सोमबार हुने एन्फा कार्यसमितिले एन्फा भित्रको राजनीतिक भविष्य पनि तय गर्नेछ । 

तथापि पदको खिचातानीले महिला लिग (जुन बीचमै रोकिएको छ), सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग, राष्ट्रिय लिग लगायतका मुद्दा भने छायामा परेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro