site stats
बाह्रखरी :: Baahrakhari
खेल
सावित्रा पुनः भारतीय क्लब गोकुलम केरलामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले पुनः भारतको महिला लिगमा गोकुलम केरेला एफसीबाट खेल्ने भएकी छन् ।

गोकुलम केरेला एफसीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा नेपालकी फरवर्ड सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘गोकुलम मेरो घरजस्तै हो । र, क्लबबाट म अझै उच्चस्तरको उपलब्धि हासिल गर्न चाहन्छु,’’ सावित्रालाई उद्धृत गर्दै गोकुलम केरलाको फेसबुकमा लेखिएको छ, ‘‘मेरो उद्देश्य एएफसी च्याम्पियनसिप जित्ने हो । र, भारतीय महिला लिगको उपाधि पुनः जित्ने हो ।’’

भारतीय महिला लिगको चौथो संस्करणमा पनि सावित्राले गोकुलमबाट खेलेकी थिइन् । त्यति बेला सावित्रासँग नेपालकी अनिता बस्नेतले पनि खेलेकी थिइन् । उक्त सिजन सावित्राले लिगमा सबैभन्दा धेरै १६ गोल गर्न सफल भएकी थिइन् ।

गोकुलमले गत संस्करणको पनि उपाधि जितेको थियो । पाँचमध्ये गोकुलमले तीन संस्करणको उपाधि जितेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्