site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा आइतबार वर्षकै सबैभन्दा गर्मी, जुलाई १२ यता ३० माथि तापक्रम
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा आइतबार (हिजो) यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियम मापन गरिएको थियो । त्यो यो वर्षकै उच्च तापक्रम भएको महाशाखाका मौसमविद् हिरा भट्टराईले बाह्रखरीलाई जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो वर्षको जुलाई १२ तारिखयता काठमाडौंको अधिकतम तापक्रम ३० डिग्रीभन्दा माथि रहेको उनले बताए ।

उनका अनुसार जुलाई महिनामा काठमाडौंको अहिलेसम्मकै उच्च तापक्रम सन् १९८९ जुलाई २२ मा मापन गरिएको थियो । त्यतिखेर काठमाडौंको अधिकतम तापक्रम ३२.७ डिग्री सेल्सियस मापन गरिएको उनले जानकारी दिए ।

आज बिहान केही स्थानमा वर्षा भएको र भोलिदेखि पानी पर्ने क्रम बढेसँगै कम गर्मी महसुस हुने मौसमविद् भट्टराईको भनाइ छ । “भोलिदेखि पानी पर्ने क्रम बढ्ने देखिन्छ । त्यसपछि तापक्रम घट्ने र कम गर्मी महसुस हुन्छ,” उनले भने ।

आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २२.५ डिग्री थियो । महाशाखाले बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरेर सार्वजनिक गर्ने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro