site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुलाह–दुलहीको ‘पिज्जा सम्झौता’ सामाजिक सञ्जालमा चर्चित

गुहाटी । दुलहा–दुलहीबीच सामान्यतया गम्भीर विषयमा सहमति हुने गर्छन् । तर, निकै अस्वाभाविक विषयमा आधारित एउटा सम्झौतामा एक भारतीय नव विवाहित दम्पतीले हस्ताक्षर गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यति मात्र होइन, यस समाचारले अखबारमा पनि ठूलो प्राथमिकता पाइरहेको छ । 

तर, यो जोडीका साथीहरूले रमाइलोका लागि ‘यो गर्नुहुन्छ र त्यो गर्न पाइन्न’ भनेर तयार गरेको सूची कानुनी रूपमा बाध्यकारी भने छैन । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विवाह कार्यक्रम सकिएको भोलिपल्ट अर्थात् गत २२ जुनमा इन्स्टाग्राममा अपलोड गरिएको १६ सेकेन्डको दुलहा र दुलहीले एउटा कागजमा हस्ताक्षर गरिरहेको यो भिडियो अहिले ४ करोड ५० लाख भन्दा धेरै पल्ट हेरिइसकेको छ । 

विगतमा पनि विवाहको क्रममा दुलहा र दुलही पक्षका साथीभाइले यस्ता सम्झौता पत्रहरू बनाउने गरेका खबरहरू सार्वजनिक नहुने गरेका हैनन् । तर, यसपालि भने यो सम्झौतामा उल्लेखित बुँदा ‘महिनामा मात्र एउटै पिज्जा’ले अधिकांशको ध्यान तानेको हो । 

पिज्जा भनेपछि हुरुक्कै हुने गरेकी २४ वर्षीया दुलही ‘शान्ति प्रसाद’समक्ष यो सर्त राखिएको हो । 

उनको आफ्नो कलेजका प्रेमी मिन्टु राइसँग उत्तरपूर्वी राज्य आसामको गुहाटीमा परम्परागत ढंगले विवाह सम्पन्न भएको हो ।

पाँच वर्ष पहिले कमर्स पढ्ने क्रममा कलेजमा भेटेका यस जोडीलाई व्हाट्स अप एपले अझै नजिक ल्याएको हो । सन् २०१८ को फेब्रुअरीमा पहिलो पटक उनीहरूको डेटिङ भएको थियो । गुहाटीमा विद्युतीय सामानको पसल भएका मिन्टुले उनकी प्रेमिकालाई पहिलो डेटिङमै नजिकैको एउटा पिज्जा आउटलेटमा लगेका थिए ।

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro