देश
कञ्चनपुर । कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा हाम फालेकी २५ वर्षीय महिलाको आज (आइतबार) उद्धार गरिएको छ ।
गुलरियाकी लक्ष्मी जोशीलाई नदीमा अर्धनग्न र अर्धचेतन अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
प्रहरीले महिलाको उद्धार गरी उपचारका लागि वाणीस्थित अस्पतालमा भर्ना गरेको छ ।
इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण नाथका अनुसार महिला अहिले होसमा आइसकेकी छन् । उनका अनुसार महिलाका श्रीमान्ले मदिरा सेवन गरी घरमा तनाव दिने गरेका कारण महिलाले नदीमा हामफालेकी बताएकी छन् ।
उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ । रासस
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ २२:१०
प्रतिक्रिया दिनुहोस्