site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरपालिकाको प्रवक्तामा मानन्धर नियुक्त
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रवक्तामा वडा नम्बर १७ का वडाध्यक्ष तथा सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर नियुक्त भएका छन् ।

महानगरको छैटौँ कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्तामा नियुक्त गरेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले जानकारी दिए । 

यसअघि महानगर प्रवक्तामा ईश्वरमान डंगोल थिए । वैशाख ३० मा सम्पन्न निर्वाचनदेखि महानगर प्रवक्ताविहीन थियो । 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २२:०५
प्रतिक्रिया दिनुहोस्