काठमाडौं । यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं महानगरले भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको छैटौँ बैठकले इन्द्रजात्रामा भगिनी नगरका प्रमुख तथा प्रतिनिधि बोलाउने निर्णय गरेको हो ।
२०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न महानगरले ६ वटा देशका १३ वटा नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो । त्यस निमन्त्रणालाई स्वीकार गरेर पर्व अवलोकन गर्न पाँचवटा देशका ११ वटा नगरबाट चारजना मेयर, उपमेयर/उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी भएका थिए ।
त्यसपछिका वर्षहरुमा कोभिड १९ संक्रमणका कारण अन्तरराष्ट्रिय सम्बन्ध भएका कुनै पनि नगरबाट कसैलाई पनि बोलाइएन ।