काठमाडौं । न्यू जेनिथको ‘बी’ टिमले आइतबार एन्जल्स एसईई कप ‘थ्री अन थ्री’ छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुस्थित आयोजक एन्जल्स हार्ट कलेजको कोर्टमा सम्पन्न फाइनलमा न्यू जेनिथ ‘बी’ले ऋत एकेडेमीलाई १८–१५ ले पराजित गर्दै उपाधि जितेको हो ।
विजेता न्यू जेनिथले १० हजार र उपविजेता ऋत एकेडेमीले ७ हजार रुपैयाँ नगद पुरस्कार जित्यो ।
न्यू जेनिथ ‘बी’ले सेमिफाइनलमा नवज्योतिलाई ९–६ को स्कारेमा हराएको थियो । त्यस्तै ऋतले ग्रिनल्यान्ड ‘बी’लाई १५–९ स्कोरमो हराउदै उपाधि भिडन्त पक्का गरेका थिए । दुबै सेमिफाइनल आइतबार नै भएको थियो ।
न्यू जेनिथ ‘बी’का अमृत भट्टराई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
दुई दिनसम्म चलेको प्रतियोगितामा ६६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
विजेता टोलीका खेलाडीले एन्जल्स हार्ट कलेजमा ‘प्लस टु’मा अध्ययन गर्न चाहे १०० प्रतिशत, उपविजेता टिमका खेलाडीलाई ७५ प्रतिशत र सहभागी टिमका खेलाडीलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।