काठमाडौं । स्कटल्यान्ड भ्रमणको अन्तिम खेलमा नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा घरेलु टोलीका कप्तान रिचे बेरिङटनले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तर, शनिबार सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को यस त्रिदेशीय शृंखलामा स्कटल्यान्डले दुबै खेलमा नामिबियालाई हराएको थियो ।
नेपालले नामिबियाको टोलीमा एक खेलाडी तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, किशोर महतो र करण केसी टिममा पर्दा पवन सर्राफ, आदिल अन्सारी र बासिर अहमद टिमबाट बाहिरिएका छन् ।
नेपाली टिम :
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, किशोर महतो ।