site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसकारण ‘अत्यधिक’ गर्मी, मंगलबारसम्म तापक्रम बढ्ने
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न स्थानमा अत्यधिक गर्मी महसुस गरिएको छ ।

मनसुन सिजनमा पानी नपर्दा र न्यूनचापीय प्रणाली सरदरभन्दा दक्षिणतर्फ सक्रिय रहेकाले गर्मी बढेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई, पहाड र हिमाल तीनै क्षेत्रमा गर्मी बढ्दो क्रममा छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३१.५ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले हिमाल, पहाड र तराईमा तापक्रम बढ्दो क्रममा छ । उनी भन्छिन्, “यसपटक मनसुनको सिजनमा पनि पानी परिदिएन । पानी परे पनि केही समयको लागि मात्रै पर्ने भइरहेको छ । गर्मी बढ्नुको मुख्य कारण नै सक्रिय मनसुनमा पानी नपर्नु हो ।”

उनका अनुसार अघिल्लो साता देशभर वर्षा भएकाले तापक्रम घटेको र कम गर्मी महसुस गरिएको थियो ।

महाशाखाको पछिल्लो विवरणानुसार दिपायलको अधिकम तापक्रम ३६ डिग्री सेल्सियस, धनगढीको ३७.८, नेपालगन्जको ३७, डडेलधुराको २८.८, विराटनगरको ३४.२, पोखराको ३४.५, जुम्लाको २७.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

मौसमविद् मानन्धरका अनुसार आउँदो मंगलबारसम्म तापक्रम केही बढ्नेछ । “मंगलबारसम्म यस्तै प्रकारको गर्मी हुने देखिएको छ । त्यसपछि देशभर पानी पर्ने सम्भावना छ । त्यसपछि तापक्रमसँगै कम गर्मी महसुस गर्न सकिनेछ,” उनले बाह्रखरीसित भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro