site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका आरोपितलाई कारबाही गर्नुपर्ने राय

काठमाडौं । रुपन्देही प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितका आरोपितविरुद्धको अनुसन्धान प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाइएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रन्जीतसिंह राठौरले जानकारी दिए ।

लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार कास्की जिल्ला अदालतबाट छुटेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा त्यहाँ उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

काठमाडौंको स्वणलक्ष्मी सहकारीमा समेत उनी अभियुक्त रहेको र मुद्दा यसअघि नै अदालतमा लगिएको छ । सोही कारण उनी आइतबार (पर्सि) काठमाडौं जिल्ला अदालतमा हाजिर हुनेछन् ।

काठमाडौंबाट समेत धरौटी वा साधारण तारेखमा छाड्ने आदेश दिइए उनी रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्नेछ । चितवन र पर्सा प्रहरीले पनि उनीमाथिको अनुसन्धान जारी राखेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro