site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के थियो गायिका दिलमाया हत्याको कारण ? भेटिएन मोबाइल, मुद्दा बुझाउने तयारी

काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृतावस्थामा भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनार प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले हत्या आरोपमा उनका प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो ।

यही असार ११ गते शनिबार बिहान करिब पौने ११ बजे दिलमाया कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । उनको घाँटीमा निलडाम देखिएको थियो ।

उनको हत्या सूर्यले नै गरेको निष्कर्ष निकाल्दै प्रहरीले सरकारी वकिलमार्फत मुद्दा बुझाउने तयारी गरेको छ । प्रहरी वृत्त गोंगबुका डीएसपी गौतम मिश्रका अनुसार मंगलबारसम्म मुद्दा बुझाइनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले भने, “अनुसन्धानबारे भन्न मिल्दैन । अदालतमा बुझाइसकेपछि सबै कुरा आइहाल्छ । सूर्य र दिलमाया प्रेममा थिए । यति मात्रै भनौँ ।”

गएको असार १० गते शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै दिलमायाको फेसबुकमा ‘सुसाइड नोट’ आशयको स्टाटस पोस्ट गरिएको थियो । शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखिएको थियो ।

प्रहरीका अनुसार असार ११ गते बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । तर, मोबाइल अझै फेलापरेको छैन ।

मोबाइल सूर्यले नै लुकाएको वा कतै फालेको आशंका प्रहरीको छ । सूर्य विवाहित पुरुष हुन् । उनी दिलमायासँगै ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । आफ्नो पारिवारिक कारणले सूर्यले दिलमायाको हत्या गरेको हुन सक्ने आशंका छ ।

घटनाको राति राति पनि सूर्य दिलमायाको कोठामै रहेको खुलेको थियो । प्रहरीले सूर्यले नै हत्या गरेको दाबी गर्दै आएको छ । प्रहरीका अनुसार उनले मोबाइलका बारेमा अनविज्ञता प्रकट गर्दै आएका छन् ।

घटनामा सूर्यको संलग्नता पुष्टि हुने आधार फेलापरेको प्रहरी दाबी छ । प्रहरीले सुरुआती समयमा दिलमायाले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको थियो । तर, घरधनीले राति घरमा एक पुरुष आएको देखेको सूचना दिएपछि प्रहरी अनुसन्धान अगाडि बढेको थियो ।

सुरुमा सूर्यले दिलमायाको घटनाबारे अनविज्ञता प्रकट गरेता पनि उनको मोबाइलको लोकेसन र मोटरसाइकल कोठाअगाडि सीसी क्यामेरामा देखिएपछि उनले उक्त शुक्रबार राति दिलमायासँगै रहेको स्वीकार गरेका थिए । सूर्यले घटनाको राति आफूले घरेलु मदिरा र मासु खाएको बताएका थिए । दिलमायाले भने ‘स्प्राइट’ पिएको उनैले बताएका थिए ।

सूर्यले बिहान ३–४ बजेतिर आफू ब्युँझिँदा दिलमाया झुन्डिरहेको देखेपछि झुन्डिएको सल लिएर निस्किएको बयान दिएका थिए । सो सल प्रहरीले महाराजगन्जस्थित कतारको भिसा सेन्टरछेउमा रहेको नालीबाट बरामद गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro