नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
आइतबार बिहान काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयअगाडि गरिएको प्रदर्शनका क्रममा केही व्यक्ति पक्राउ परेका छन् ।
सत्तारूढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ ।
राष्ट्र बैंक प्रवेशमा गभर्नर अधिकारीलाई रोक्न प्रदर्शन गरिएको हो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १०:४२
प्रतिक्रिया दिनुहोस्