site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कति समयपछि फेर्ने खाटको तन्ना ? अविवाहित पुरुष ‘बिर्सिएरै’ ४ महिनासम्म धुँदैनन् !

बीबीसी । कतिपय मानिसहरुलाई यो विषयमा सार्वजानिक बहस गर्न असहज लाग्न सक्छ किनकी सरसफाइको कुरामा सबैको शैली फरक हुन्छ । तर तन्ना फेर्ने जस्तो विषय हरेक मानिससँग जोडिएको हुने हुँदा यसबारे वैज्ञानिक धारणा जान्न जरुरी छ । 

जस्तै तन्ना कति दिनमा बदल्नुपर्छ या धुने गर्नुपर्छ भन्ने प्रश्न सम्बन्धी हालै प्रकाशित एक रिसर्चमा आश्चर्यजनक तथ्य पत्ता लागेको छ । २ हजार बढी वयश्कहरुमा गरिएको यस सर्वेक्षणमा आधा बढी एक्लै बस्ने अविवाहित पुरुषहरुले चार महिनासम्म तन्ना नधुने या नफेर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशतले सम्झिएका बेलामा कहिलेकाहिँ फेर्ने गरेको समेत स्वीकारेका छन् । 
यसबारे न्युरोसायन्टिस्ट एवम् साइकोलोजिस्ट डाक्टर लिन्डसी ब्राउनिङ भन्छिन्, “यो वास्तवमै राम्रो होइन ।”

अर्कोतर्फ एक्लै बस्ने महिलाहरुमा चाहिँ ६२ प्रतिशतले हरेक दुई हप्तामा धुने गरेको र थोरै केहीले मात्र तीन हप्तापछि धुने गरेको डाटामा देखिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

किन बदल्न जरुरी छ तन्ना ?

डाक्टर ब्राउनिङका अनुसार स्पष्ट रुपमा हामीले खोल या तन्नालाई गनाउने अवस्थासम्म पुग्न दिनु हुँदैन र सकेसम्म हरेक हप्ता या कम्तीमा दुई हप्तामा चाहिँ तन्ना बदल्नैपर्ने उनले सुझाव दिइन् । 

यसमा सरसफाइको पक्ष सबैभन्दा ठूलो कारण हो जस्तै कि पसिना । हामीले कहिले एकदमै गर्मीमा सुत्न खोज्दा यसले निद्रामा पार्ने प्रभावबाट पनि तन्ना धुनुको महत्व थाहा पाउन सक्छौँ । 

डाक्टर ब्राउनिङ भन्छिन्, “सुत्दाखेरि पसिना हाम्रा तन्ना र ब्ल्यांकेटका खोलमा सजिलै पसिरहेको हुन्छ । जुन पछि गएर गनाउने मात्र होइन यसले कपडालाई नै गुम्स्याएर हावा वार पार गर्नै कठिन बनाइदिन्छ । र आरामदायक निद्राका लागि हाम्रो शरीर हावासँग सम्पर्कमा आइरहन जरुरी छ ।”

त्यस्तै पसिनासँग सुत्दाखेरि हाम्रो शरीरले फाल्ने ‘डेड स्किन सेल्स’ अर्थात् मरेका सेल्सहरु पनि अर्को प्रमुख कारण हो । डाक्टर ब्राउनिङले थप भनिन्, “यदि हामीले पर्याप्त रुपमा तन्ना र ब्ल्यांकेटका खोल धोएनौँ भने ती डेड सेल्सहरु हाम्रो ओक्षानमै जमेर बसिरहनेछन् । यति मात्र नभइ अझ लामो समयसम्म त्यसलाई रहिरहन दियो भने सुक्ष्म जीव या किराहरु ती सेल्स खान आउँछन् । यसले हामीलाई खसखस गराउनुका साथै छाला चिलाउने, घाउ हुने लगायत संक्रमण समेत दिन सक्छ । यसरी हामी पसिना र मरेका सेल्सहरु मात्र नभइ ससाना किराहरुसँग पनि सुतिरहेको हुनेछौँ ।”

मौसमअनुसार तन्ना बदल्ने

उनका अनुसार बरु जाडोयाममा हामीले तुलनात्मक रुपमा लामो समयसम्म तन्ना र खोल नफेर्न छुट पाउछौँ । तर यसलाई पनि दुई हप्ता भन्दा नलम्ब्याउन उनले सुझाव दिइन् । उनी भन्छिन्, “जाडोयाममा पसिना कम आउने भएपनि निदाएको बेलामा शरीरले मरेका सेल्सहरु फालिरहेकै हुन्छ । त्यस्तै हाम्रा हातहरु पनि शत् प्रतिशत सफा हुँदैनन भने हामीले सिरक भित्र उही सास फेर्ने हौँ । ”

पिजुना लाइनेन्स रिसर्चले गरेको अर्को एक सर्वेक्षणमा मानिसहरुले लामो समय तन्ना या खोल नधुनु पछाडिको कारणमा ६७ प्रतिशतले बिर्सिने गरेको भनेर जवाफ दिएका छन् । 

त्यस्तै ३५ प्रतिशतले चाहिँ यसबारे धेरै वास्ता नगर्ने बताए । यता ३८ प्रतिशतले त तन्ना र खोललाई धेरै धुनै नपर्ने विश्वास व्यक्त गरेका हुन् । 

डाक्टर ब्राउनिङका अनुसार राम्रो निद्राका लागि सफा ओक्षान एकदम जरुरी छ अनि मात्र हामी खुसी भएर आरामले निदाउन सक्छौँ । यसकारण पनि आफ्नै सुस्वास्थ्यका लागि तन्ना फेरिरहनु आवश्यक रहेको उनले बताइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro