site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन र विश्वप्रकाशको प्रश्न– हाम्रो विरोध किन ? के बेठिक गर्‍यौँ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र आफूहरूको विरोध गरिएको विषयमा जवाफ दिएका छन् । कांग्रेस केन्द्रीय सदस्यहरूले थापा र शर्मा गुट भेलामा सहभागी भएको भन्दै आलोचना गरेका थिए ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार थापाले गुट भेलामा आफूहरू पार्टी बिगार्न नगएको जिकिर गरे । पहिला–पहिला गुटको भेलामा रमाएकाहरूले अहिले विरोध गरेको उनको भनाइ थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“पहिलेदेखि जो गुटको भेलामा गएका थिए, उनीहरूले विरोध गरे । पार्टी बिगार्न गएका हैनौँ,” महामन्त्री थापाले बैठकमा भने, “मैले पुरानो फोटो हेरेँ– बूढानीलकण्ठ, चाक्सीबारी को जान्थे ? बोहराटार को जान्थे ? पहिलेदेखि सबै जाने, हामी गएकोमा किन विरोध ?”

उनले महाधिवेशन भएको ६ महिनासम्म पनि विभाग गठन नभएकोप्रति असन्तुष्टि जनाए । “अब पनि गठन भएन भने राम्रो सन्देश जाँदैन । विधान अधिवेशन चाँडै गरौँ,” उनले भने ।

शनिबारै बैठकमा अर्का महामन्त्री शर्माले आफूहरूले पार्टी हितका लागि  नै काम गरिरहेको तर्क गरे ।

“हामीले राम्रो गरिरहेका छौँ । हामीले के बेठिक गर्‍यौँ ? सभापतिलाई पार्टी विभाग बनाऔँ, भातृसंस्था बनाऔँ भन्दा के बेठिक भयो र ?,” उनले प्रश्न गर्दै भने, “पार्टी सभापतिलाई खुसी पार्ने नाममा अनावश्यक गाली र आरोप नलगाऔँ । भदौ अन्तिमसम्म नीति महाधिवेशन गर्नुपर्छ, त्यो आवश्यक छ ।”

यसअघि, बैठकमा केही सदस्यहरूले पार्टीभित्र छलफलै नगरी थापा र शर्मा निर्वाचन आयोगका पदाधिकारीसित छलफल गर्न पुगेको भन्दै असन्तुष्टि जनाएका थिए ।

शनिबारकै बैठकमा उपसभापति धनराज गुरुङले आफूहरूले सभापतिलाई कमजोर बनाउने कुनै क्रियाकलाप नगरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro