site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्पको टोकाइबाट बच्न यी उपाय अपनाऔँ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । गर्मी मौसममा विशेषगरी सर्पहरू जमिनको सतहमा निस्किन्छन् । मानिसको घरमै पनि पुग्न सक्छन् ।

विषालु सर्पले टोके मानिसको ज्यान समेत जान सक्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पको टोकाइबाट जोगिन केही उपायहरू अपनाउन सकिन्छ ।

प्राधिकरणका अनुसार यी हुन् सर्पको टोकाइबाट बच्न अपनाउन सकिने उपायहरू–
१. सर्पको टोकाइबाट बच्न सर्पलाई जिस्काउने वा चलाउने नगरौँ ।
२. सर्प खाना खान र पानीको खोजी गर्दै मानिसको घरमा आउन सक्छ । त्यसैले भुइँ वा जहाँ त्यहीँ खानेकुरा पोख्ने नगरौँ । खाना तथा पानीका भाँडाहरू राम्रोसँग छोपौँ ।
३. सर्प मुसा खानका लागि पनि घर वा घर परिसरमा आउने हुनाले मुसा नियन्त्रणका उपायहरू अपनाऔँ ।
४. अँध्यारोमा जुत्ता लगाएर तथा टर्चलाइट बालेर हिँडौँ । खेत वा झाडीमा जाँदा गमबुट लगाउने गरौँ ।
५. सुत्दा ओछ्यानमा टकटक्याऔँ । झुल हाल्ने तथा पराल र दाउरा झिक्दा वा तान्दा सचेत होऔँ । घर वरिपरि सफा राख्ने गरौँ ।
६. घर वा घर वरिपरि मुसाका वा अरू दुलाहरू छन् भने तत्कालै टाल्ने वा पुर्ने गरौँ ।
७. तालतलाउ, नदीनालामा विषालु सर्प हुन सक्ने हुँदा सावधानी अपनाऔँ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro