site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अल्मुताइरीको विकल्प खोज्न एन्फालाई खेलाडी संघको दबाब

काठमाडौं । फुटबल खेलाडीहरूको छाता संगठन अखिल नेपाल फुटबल संघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विकल्प खोज्न आग्रह गरेको छ । बिहीबार संघले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई ध्यानकर्षण पत्र बुझाएर प्रशिक्षकको विकल्प खेज्नका लागि दबाब दिएको हो ।

प्रशिक्षक र खेलाडीको विवादका कारण राष्ट्रिय टोलीका १० खेलाडीले ‘क्याम्प’ छाडेका थिए । खेलाडीहरूले प्रशिक्षक अल्मुताइरीको ‘तानाशाह व्यवहार गरेको र होटर छाडेर जा’ भनेकाले आफूहरूले क्याम्प छाडेको बताउँदै आएका छन् ।

त्यसपछि विवाद समाधान लागि गठित कार्यदलले एसियन कप छनोट २०२३ पछि अल्मुताइरीको विकल्प खोज्न एन्फालाई सुझाव दिएको थियो । तर, छनोट प्रतियोगिता सकिएको एक महिना बितिसक्दा पनि एन्फाले कुनै काम कारबाही गरेको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“खेलाडी–प्रशिक्षक विवादको सन्दर्भमा एन्फाबाट गठित छानबिन समितिले दिएको सुझावका आधारमा प्रशिक्षकको विषयमा कार्य अघि बढाउन अनुरोध गर्दछौँ,” खेलाडी संघले एन्फालाई बुझाएको ध्यानाकर्षण पत्रको ४ नम्बर बुँदामा लेखिएको छ । 

असार ८ गते बसेको एन्फा कार्यसमिति बैठकले कार्यदलको सुझावअनुसार १० खेलाडीलाई राष्ट्रियलाई राष्ट्रिय टोलीमा समावेश गर्ने निर्णय गरेको थियो । तर, प्रशिक्षकको हकमा भने प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी कार्यान्वयन गर्न सचिवालयलाई जिम्मेवारी सुम्पिएको थियो । उक्त निर्णय भएको आज २२ दिन बितिसक्दा पनि अल्मुताइरीको विषयमा कुनै ठोस प्रगति भएको छैन ।

“खेलाडीलाई अपमानजनक रूपमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकाल्ने मुख्य प्रशिक्षकको पछिल्लो व्यवहारले सिंगो फुटबल खेलाडी जगतलाई मर्माहित बनाएको छ । खेलाडीलाई सम्मानपूर्वक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फिर्ता बोलाउने एन्फाको पछिल्लो निर्णयको खेलाडी संघ स्वागत गर्दै धन्यवाद दिन चाहन्छौँ,” खेलाडी बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “हरेक खेलको केन्द्रमा हुने खेलाडी खुसी नभएको खण्डमा कुनै पनि खेलको विकास हुन सक्दैन । सोही कारण एन्फाको नयाँ नेतृत्वलाई खेलाडी संघ फुटबल खेलाडीको विषयमा गम्भीर भएर अघि बढ्न आग्रह गर्न चाहन्छौँ ।”

खेलाडी संघले नेपाली फुटबलको विकास, विस्तार र प्रबर्द्धनमा सहयोगी भुमिका निर्वाह गर्न सधैँ तत्पर रहेको जनाएको छ । खेलाडी संघले भनेको छ, “भविष्यमा पनि त्यही गर्विलो इतिहास कायम राख्न र देशको झण्डा अन्तराष्ट्रिय एरिनामा फर्फराउन खेलाडी संघ एन्फासँग मिलेर हरेक फुटबल गतिविधिमा सहकार्य गर्न तयार छ । तर पछिल्लो समय खेलाडीको राष्ट्रिय योगदानको अवमूल्यन गर्दै भइरहेका गतिविधि र कार्य सन्तोषजनक छैनन् ।”

संघले खेलाडीलाई वर्षभरि व्यस्त राख्ने गरी एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित गरी समयतालिका अनुसार सार्वजनिक गर्न अनुरोध गरेको छ । त्यस्तै फुटबलको वर्तमान संरचनाले खेलाडी र खेलको विकास सम्भव नभएकाले घरेलु फुटबलको संरचनालाई पुनर्संरचना गर्दै नयाँ खाका तयार गरेर कार्यान्वयन गर्न अनुरोध गरिएको छ । 

खेलाडी संघले खेलाडीको स्वास्थ्य बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्नुका लागि एन्फालाई ध्यानाकर्षण गराएको छ । त्यस्तै पछिल्लो समय अवसरको खोजीमा खेलाडीहरू विदेश जाने क्रम बढेकोमा खेलाडी संघले चिन्ता व्यक्त गरेको छ ।

उनीहरूले घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरू विदेश जाने क्रम बढेका कारण एन्फालाई यथाशीघ्र क्लब फुटबलका कार्यक्रमलाई सार्वजनिक गर्न दबाब दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro