site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालको संविधान, २०७२ जारी भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभा सही अर्थमा असफल भएको छ । दुईपटक असंवैधानिकरूपमा विघटन भएर पनि बिउँतिएको संसद्ले नेपाली जनतालाई भने निराश बनाएर कार्यकाल सकायो ।

सम्भवतः चालु अधिवेशन नै यस प्रतिनिधि सभाको अन्तिम अधिवशेन हुनेछ । यही वर्षको मंसिरभित्रै प्रतिनिधि सभाको अर्को निर्वाचन हुनुपर्ने भएकाले विशेष अवस्था नभए हिँउदे वा अर्को अधिवेशन बोलाइनेछैन ।
 
कार्यकाल सकिने बेलामा निर्वाचन लागे पनि लामो समयसम्म उपसभामुख पद रिक्त राखियो । संविधानको मर्मविरीत सभामुख र उपसभामुख दुवै पद तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लिएको थियो । 
 
पहिलो सभामुखमाथि यौन दुर्व्यवहारको आरोपमा मुद्दा चलेपछि रिक्त पदमा उमेदवार हुन तत्कालीन उपसभामुखले राजीनामा दिइन् । नेकपाले अर्कै सांसदलाई उमेदवार बनाएर सभामुखको पद त पूर्ति गरायो तर उपसभामुख रिक्त राखियो ।
 
संवैधानिक बाध्यताका कारण नेकपाबाहेक अर्को दलबाट उपसभामुख हुने भएपछि तत्कालीन सत्तारुढ दलले पद नै रिक्त राख्ने बदनियत देखायो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अरू दलले पनि उपसभामुखको पद रिक्त नराख्न खासै आवाज उठाएनन् । 
 
अहिले पदावधि सकिनै लाग्दा उपसभामुखको पदमा निर्वाचन गर्ने बुद्धि कसरी र किन पलायो भन्ने आश्चर्यको विषय भएको छ । सायद, संवैधानिक परिषद्को कारणले गर्दा उपसभामुख निर्वाचनले प्राथमिकता पाएको हुनसक्छ । 
 
उपसभामुख पद रिक्त नराखेको भए सम्भवतः  संविधानकै मर्मविपरीत संवैधानिक परिषद्को सञ्चालन गर्नुपर्ने थिएन । अहिले पनि संवैधानिक परिषद्सम्बन्धी कानुनलाई मूल्य मान्यतै क्षतविक्षत हुनेगरी संशोधन प्रस्ताव गर्नुपर्दैन थियो ।        
 ढिलै भए पनि उपसभामुख पद रिक्त राख्नु हुँदैन भन्ने सोच असल नियतबाटै आएको हो भने त्यसलाई सकारात्मक नै मान्नुपर्छ । यथार्थमा राज्यका महत्त्वपूर्ण अङ्गका पदहरू धेरै समेयसम्म रिक्त राख्नु उचित होइन ।
 
सार्वजनिक लेखा समितिमा अहिले सत्तारूढ नेपाली कांग्रेसका सदस्य सभापति छन् । संसदीय परम्परामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख विपक्षी दलका सांसदले गर्छन् । वास्तवमा सरकार बदलिनेबित्तिकै सत्तारुढ दलका सदस्यले लेखा समितिबाट राजीनामा दिनुपर्थ्यो ।
 
बर्सेनि महालेखा परीक्षकको विभागको प्रतिवेदनमा बेरुजुको अङ्क बढेको देखिन्छ । सबै बेरुजु भ्रष्टाचार होइन र बेरुजु फर्स्योट गर्न सबै रकम असुल गर्नुपर्ने पनि होइन । बेरूजुको प्रकृतिअनुसार फर्स्योट गराउने मूल जिम्मा सार्वजनिक लेखा समितिको हो ।
 
पदावधि सकिने बेलामै भए पनि पहिलो प्रतिनिधि सभा संसदीय मूल्य र अभ्यासअनुरूप सञ्चालन भए परम्परा बस्नेछ । यसैले सार्वजनिक लेखा समितिको सभापति पदलाई मोलतोलको विषय नबनाई विपक्षलाई सुम्पनु उचित हुनेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro