site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघमा १५ हजार, स्थानीय तहमा २३ हजार कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं । कर्मचारी समायोजनपछि नेपालमा संघमा १४ हजार ९८४ दरबन्दी रिक्त रहेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ०७५ पुस ११ मा संघमा जम्मा ५२ हजार ९२८ दरबन्दी स्वीकृत गरेको थियो । जसअनुसार ३७ हजार ९४४ कर्मचारी समायोजन भई १४ हजार ९८४ दरबन्दी रिक्त रहेको पाइएको छ ।

सात प्रदेशमा २२ हजार २९७ दरबन्दी स्वीकृत भएकोमा १४ हजार ८६३ कर्मचारी समायोजन भई ७ हजार ४३४ दरबन्दी रिक्त छ  । जसले सेवा प्रवाहमा समस्या भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसैगरी, ७५३ स्थानीय तहमा ६७ हजार ७१९ दरबन्दी स्वीकृत भएकोमा ४४ हजार ३२१ कर्मचारी समायोजन भई २३ हजार ३९८ दरबन्दी रिक्त रहेको देखिएको छ ।

महालेखा परीक्षकको ५९औँ प्रतिवेदन अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन नभई २ हजार ४४३ कर्मचारी फाजिलमा रहेको देखिन्छ । कुल स्वीकृत दरबन्दीमध्ये संघमा २८.३१ प्रतिशत, प्रदेशमा ३३.३४ प्रतिशत र स्थानीय तहहरूमा ३४.५५ प्रतिशत दरबन्दी रिक्त रहेको छ । 

मन्त्रालयले कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न भएको जनाए पनि फाजिलमा रहेका कर्मचारी व्यवस्थापन नगरेको प्रतिवेदनमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro