काठमाडौं । नेपाल सरकारसँग सरकारी जग्गा २९ लाख ७ हजार ५४२ हेक्टर रहेको पाइएको छ । यस्तै सार्वजनिक जग्गा ४० लाख ५३ हजार ७१४ हेक्टर रहेको छ । महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गाको राष्ट्रिय अभिलेख व्यवस्थापन गर्दै आएको छ ।
मन्त्रालयले तयार गरेको वार्षिक प्रगति प्रतिवेदनमा सरकारी जग्गा २९ लाख ७ हजार ५४२ हेक्टर र सार्वजनिक जग्गा ४० लाख ५३ हजार ७१४ हेक्टर रहेको उल्लेख छ ।
प्रतिवेदनमा महोत्तरीको जलेश्वर, डोल्पा, डडेल्धुरा, सप्तरीको राजविराज तथा कञ्चनपुर, अर्घाखाँची, कञ्चनपुरको महेन्द्रनगर र झलारीस्थित मालपोत कार्यालयअन्तर्गतको सरकारी तथा सार्वजनिक जग्गाको विवरण समावेश गरिएको छैन ।