site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभिनेत्री रिया र उनका भाइविरुद्ध लागुऔषध केसमा मुद्दा दर्ता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मुम्बई । दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ सोविक चक्रवर्तीविरुद्ध लागुऔषध केसमा मुद्दा दर्ता भएको छ । बुधबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले उनीहरूसहित ३३ जनालाई अभियुक्तको रूपमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध पूर्व–प्रेमी दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका लागि लागुऔषध किन्ने गरेको आरोपमा मुद्दा दर्ता भएको हो । 

रिया र उनका भाइविरुद्ध लागेको चार्ज सिटमा भनिएको छ, “त्यो माथिको आपराधिक षड्यन्त्र वा अन्यथा, तिमी आरोप नं. १० रिया चक्रवर्तीले सामुएल मिरांडा, शोविक चक्रवर्ती र दीपेश सावन्त र अन्यबाट थुप्रै गाँजा लिएको र प्राप्त गाँजा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतलाई हस्तान्तरण गरेको र ती डेलिभरीका लागि सोविक र सुशान्त सिंह राजपूतलाई मार्च २०२० देखि सेप्टेम्बर २०२० सम्म भुक्तानी गरेकोले उनीहरूलाई एनडीपीएस ऐनमा उल्लेखित प्रावधानअन्तर्गत अभियोग लगाइएको छ, जसमा धारा २७ र २७ ‘ए’ अनुसार  (अवैध यातायातलाई आर्थिक सहयोग गर्ने र अपराधीहरूलाई शरण दिने) २८. (अपराध गर्ने प्रयासको लागि सजाय), २९. (आपराधिक षड्यन्त्र र मस्यौदा आरोप) अनुसार कारबाही हुनेछ,” पीटीआई रिपोर्टले खुलासा गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मंगलबार एनसीबीको आरोप पत्र (चार्जसिट) माथि सुनुवाइ भएको हो । यो मुद्दामा अब २७ जुलाईमा विशेष अदालतमा सुनुवाइ हुनेछ । 

दोषी ठहरिएमा रिया कति वर्ष जेलमा बस्नुपर्ला ?

Royal Enfield Island Ad

यदि, रियामाथि लागेका सबै आरोप पुष्टि भएमा उनलाई १० देखि २० वर्षसम्म जेल सजाय हुनेछ । रियाका भाइ सोविकको मुद्दामा भने १५ देखि २० वर्षसम्म जेल सजाय हुनेछ । यद्यपि, रिया र सोविक माथिल्लो अदालतमा अदालतको निर्णयविरुद्ध अपिल गर्न पाउने अधिकार छ । 

अभिनेता सुशान्त सिंह राजपूत सन् २०२० जुन १४ तारिखमा मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए । उनको मृत्युपछि प्रेमसम्बन्धमा रहेकी अभिनेत्री रियालाई लागुऔषध मुद्दामा सेप्टेम्बर ८, २०२० मा एनसीबीले पक्राउ गरेको हो । एक महिना बाइकुला जेलमा बसेर उनलाई अक्टोबरमा जमानतमा रिहा गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro