site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का नेता रहेको सार्वजनिक भएपछि अहिले आरोप प्रत्यारोप र खण्डनमण्डन चलिरहेको छ । संसद्मा समेत यस विषयले प्रवेश पाइसकेको छ ।
 
केही पहिले गभर्नर अधिकारीलाई सरकारले निलम्बन गरेर स्पष्टीकरण सोधेका बेला धेरैले गभर्नर अधिकारीप्रति सहानुभूति राखेका थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उनीप्रति पूर्वाग्रह राखेर कारबाही गरेको जनविश्वास थियो ।
 
गभर्नर अधिकारीले सर्वोच्च अदालतको शरणमा पुगेर निलम्बन र कारबाहीबाट उन्मुक्ति पाए । उनीविरुद्ध सरकारले गर्न लागेको छानबिन हुन सकेन । अर्कातिर बजेटको गोपनीयता भङ्ग गरेको आरोपमा अर्थमन्त्री शर्माले राजीनामा दिए । 
 
अर्र्थमन्त्री शर्माको बहिर्गमनलगत्तै गभर्नर अधिकारी प्रमुख विपक्षी दल नेकपा (एमाले)को केन्द्रीय नेता भएको सन्देह गरिएको छ । भनिन्छ, एम अधिकारी नामका एमालेको अर्थ विभागका सदस्य गभर्नर अधिकारी नै हुन् ।   
 
गभर्नर अधिकारीले आफू कुनै पनि पार्टीको सदस्य नभएको दाबी गरेका छन् । उनको विगतका नियुक्ति र बढुवाहरू हेर्दा भने एमालेसँग गभर्नर अधिकारीको विशेष निकटता रहेको सन्देह नै बढ्छ ।
 
एमालेका केन्द्रीय नेता एम अधिकारी नेपाल राष्ट्र बै‌कका गर्भनर महाप्रसाद अधिकारी नै हुन वा अरू नै हुन् रु अरू नै कोही भए सम्बन्धित व्यक्ति सार्वजनिक हुनुपर्छ । कारण, एमाले भूमिगत पार्टी त होइन । 
 
राष्ट्र बै‌ंकको सञ्चालकलगायतका पदाधिकारी कुनै पनि राजनीतिक दलको सदस्य हुन नहुने कानुनी व्यवस्था छ । एम अधिकारी बहालवाला गभर्नर नै हुन् भने उनले तत्काल गभर्नर पदबाट राजीनामा दिनुपर्छ । यसैले गभर्नर पार्टीका सदस्य नै हुन् भने उनलाई पदबाट हटाउन र नभए सफाइ दिएर आत्मबल बढाउन पनि निष्पक्ष छानबिन गर्नु उचित हुन्छ ।
 
देशको अर्थतन्त्रको नियामक निकायका प्रमुखमाथि गम्भीर आरोप लागेपछि यथार्थ पहिल्याउन ढिलो गर्नु प्रत्युत्पादक हुन्छ । यद्यपि, आरोपित व्यक्तिलाई सफाइको अवसरबाट वञ्चित गर्नु भने हुँदैन ।
 
देशको अर्थतन्त्र सङ्कटमा छ । अर्थमन्त्री भर्खरै गम्भीर आरोप लागेर बाहिरिएका छन् । यस्तो राष्ट्र बैंकका गभर्नर पनि अर्को गम्भीर आरोपमा मुछिनु निश्चय पनि दुर्भाग्य हो ।
 
सरकारले बेलैमा जनतालाई आश्वस्त बनाउन नसके यो दुर्भाग्य अकल्पनीय दुखान्तको कारक बन्न सक्छ । देशको हित रक्षाले प्राथमिकता पाओस् र कसैको पनि मुलाहिजा नगरियोस् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro