site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
एलोन मस्कविरुद्ध ४४ अर्ब डलरको मुद्दा दायर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ट्विटरले अर्बपति एलोन मस्क अर्थात् विश्वका सबैभन्दा धनी व्यक्तिसँग कानुनी लडाइँ सुरु गरेको छ । ट्विटरले सामाजिक सञ्जाल किन्न मस्कलाई बाध्य पार्ने प्रयास गर्न अदालतमा मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।

ट्विटरले मस्कविरुद्ध ४४ अर्ब डलरको मुद्दा दायर गरेको छ । गएको शुक्रबार मस्कले आफ्नो प्रस्तावित ४४ अमेरिकी डलरको ‘डिल’बाट पछि हटेको घोषणा गरेपछि ट्विटरले यो कदम चालेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्विटरले नक्कली र स्पाम (रद्दी) खाताहरूको संख्याका बारेमा जानकारी नदिएको मस्कको दाबी छ ।

उक्त मुद्दामा मस्कमाथि मर्जर सम्झौता उल्लंघनको लामो आरोप लगाइएको छ ।

Global Ime bank

ट्विटरका अध्यक्ष ब्रेट टेलरले ट्विट गर्दै माइक्रोब्लगिङ साइटले ‘एलोन मस्कलाई आफ्नो सम्झौता दायित्वहरूप्रति उत्तरदायी बनाउन चाहेको’ बताएका छन् ।

यता, मस्कले मंगलबार ट्विटमा लेखेका छन्, “अहो, विडम्बना ! लोल (चर्को स्वरमा हाँस्नु) ।”

आरोपपत्रमा मस्क सम्झौताबाट पछि हट्नुको कारण उनको व्यक्तिगत स्वार्थ पूरा नहुनु उल्लेख छ ।

मस्कले ट्विटरमा नक्कली र स्पाम खाताहरूको संख्यामा प्रश्न उठाएका थिए । उनले सम्झौता अस्थायी रूपमा स्थगित गरेको विषय सार्वजनिक भएपछि ट्विटरको सेयर मूल्यमा गिरावट आएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय