विशेष
काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी नदीमा बहाव उल्लेख्य बढ्नेछ ।
यस्तै, बेत्रावतीस्थित त्रिशूली नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ ।
आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, दैलेख, कालीकोट, बझाङ, बाजुरा, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
बाढी पूर्वानुमान बुलेटिन हेर्नोस्–
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ ०९:४६
प्रतिक्रिया दिनुहोस्