site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कामना सेवा विकास बैंकको ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालन
SkywellSkywell

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नंम्बर  १० को थापाटारमा, सुन्दर हरैँचा नगरपालिका वडा नंम्बर १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका–१ को नमुनाचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । 

Dabur Nepal
NIC Asia

मोरङ जिल्लाको केराबारी गाउँपालिका–१० थापाटारस्थित केराबारी भ्यु होटल एन्ड बार सञ्चालक धनबहादुर लिम्बू, सुन्दर हरैंचा नगरपालिका–१२ शुक्रबारे स्थित आरजु कस्मेटिक एन्ड रेडिमेड सञ्चालक राजन भगत र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका–१ नमुना चोकस्थित बबी सप्लायर्सका सञ्चालक नन्दकुमार याफु राईलाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न  बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिने बैंकले उल्लेख गरेको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu