site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
स्रष्टाको सम्मान गर्नु राष्ट्रिय दायित्व : प्रधानमन्त्री
SkywellSkywell

काठटमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्यलगायत विधामा योगदान दिने स्रष्टाहरूको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताए ।

Dabur Nepal
NIC Asia

उनले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्यलगायत विधाहरू मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको उल्लेख गरे । नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताए ।

प्रधानमन्त्री देउवाले स्रष्टा र साधकहरूलाई राज्यले सम्मान गर्दै आएको भन्दै यसप्रकारको सम्मानले स्रष्टाहरूमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताए । स्रष्टाहरूप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वांगीण विकासमा स्रष्टाहरूको अझ योगदान हुने विश्वास उनले व्यक्त गरे ।

मन्त्रालयले आज विभिन्न विधामा योगदान पुर्‍याउने ४३ स्रष्टालाई पुरस्कृत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro