एजेन्सी । तेलुगु सुपरस्टार समान्था रुथ प्रभु उत्तर भारतमा निकै लोकप्रिय छिन् । तेलुगू चलचित्रमा राम्रो गरिरहेकी उनलाई बलिउडका दर्शकहरू हिन्दी चलचित्रमा देख्न चाहन्छन् ।
गत वर्ष मनोज बाजपेयीको मुख्य भूमिका रहेको वेब सिरिज ‘द फ्यामिली म्यान २’ मा सामन्थाले प्रोटागोनिस्टको भूमिका निभाएकी थिइन् । अब सामन्था चाँडै बलिउडमा डेब्यू गर्ने नवभारत टाइम्सले बताएको छ ।
उनी बलिउड अभिनेता आयुष्मान खुरानाको अपोजिटमा खेल्दैछिन् । रिर्पोटकाअनुसार सामन्थाले हिन्दी चलचित्र साइन पनि गरिसकेकी छन् । यस चलचित्रलाई दिनेश विजनले प्रोड्युस गर्दैछन् । अहिले पेपरवर्क भैरहेको र यो सकिएसँगै छायांकन सुरु गर्ने तयारी रहेको छ ।
चलचित्र यही वर्षको अन्तसम्म फ्लोरमा जाने र २०२३ मा रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ । पहिलो चलचित्रको कुरा भैरहँदा दोस्रो चलचित्र पनि साइन गरिसकेको बताइएको छ । उक्त चलचित्र पनि साइन गरिसकेको र त्यो करण जौहरले निर्माण गर्ने र अक्षय कुमार लिड रोलमा देखिने छन् । करण र सामन्था चाँडै नै करण को सोमा देखिँदैछन् ।
नवभारत टाइम्सबाट ।