site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र विकास बोर्ड अध्यक्षका लागि नौजनाको आवेदन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि नौजनाले आवेदन दिएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका दरखास्त आह्वान गरेपछि नौजनाले आवेदन दिएका हुन् । 

विकास बोर्डको अध्यक्षका लागि भुवन केसी, सम्झना उप्रेती रौनियार, मनीष पण्डित, नरेश पौडेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ, सुशील पोखरेल, अरुण प्रधानलगायतले अध्यक्षका लागि दरखास्त दिएका हुन् ।   

Prabhu Bank
Agni Group
NIC Asia

बोर्ड अध्यक्ष पद रिक्त भएपछि पदपूर्तिका लागि मन्त्रालयले १५ दिनको समय राखेर असार ५ गते आवेदन आह्वान गरेको थियो । 

इच्छुक उमेदवारको शैक्षिक योग्यता कम्तीमा स्नातक भएको र सम्बन्धित क्षेत्रको अनुभव दश वर्ष संगालेको हुनुपर्नेछ । अथवा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेर २० वर्ष चलचित्र क्षेत्रमा आबद्ध भएको हुनुपर्ने सार्वजनिक सूचनामा उल्लेख छ । 

Global Ime bank

तर, ०७८ भदौ २४ गते सर्वोच्च अदालतले सार्वजनिक संस्थानहरूको व्यवस्थापनका लागि विज्ञ सदस्य तथा पदाधिकारी नियुक्तिका लागि न्यूनतम योग्यता स्नातक तह उत्र्तीण र सम्बन्धित क्षेत्रमा १० वर्षको कार्यानुभव हुनुपर्ने र खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्नुपर्ने फैसला गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय