site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किन बढ्दै छ कोरोना संक्रमण ? जिन सिक्वेन्सिङ गर्ने सरकारको तयारी 

काठमाडौं । असारयता नेपालमा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा छ । विशेषगरी, काठमाडौं उपत्यकामा थपिने संक्रमितको संख्या उच्च छ । १२ वर्षमाथिका ९० प्रतिशत जनसंख्यामा कोभिड–१९ विरुद्धको खोप पुगिसकेको अवस्थामा फेरि संक्रमण बढ्नुले त्रास पैदा भएको छ । यो संख्यामा संक्रमण थपिनु अर्को लहर आउने संकेत हो या कोभिड–१९ संक्रमणले दीर्घकालीन रूप लिने हो ? संयमता अपनाउन जरुरी देखिन्छ ।

१५ दिनमा झन्डै ५०० संक्रमित 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार असारका १५ दिनमा ४८५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । जेठ ३१ गते ११ लाख १९ हजार ६२७ रहेको संक्रमितको संख्या असार १५ गते आइपुग्दा  ११ लाख २० हजार ११२ पुगेको छ । यो अवधिमा ४० हजार ८५४ परीक्षण भएकामध्ये ४८५ जनामा संक्रमण पुष्टि भएको छ । तर, थपिएका संक्रमितको तुलनामा निको हुनेको संख्या ५० प्रतिशतभन्दा कम छ, १५ दिनमा २१२ जना मात्रै संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । योसँगै असार १५ गतेसम्म सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । 

कोभिड–१९ का तीनवटा लहरमा नेपाल भारतका सीमा क्षेत्रमा धेरै देखिएको कोभिड–१९ संक्रमण यसपटक भने काठमाडौं केन्द्रित भएको देखिन्छ । बुधबार मात्रै पनि देशभर थपिएका ६२ केसमध्ये ४५ जना काठमाडौंका संक्रमित छन्, योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १६१ पुगेको छ । 

किन बढ्यो ह्वात्तै संक्रमण ? 

कोभिड–१९ विरुद्धको खोप लगभग सबै नागरिकमा पुगिसकेको अवस्थामा फेरि संक्रमण बढ्नुलाई विज्ञहरूले धेरै कोणबाट व्याख्या गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला केही महिनायता जनस्वास्थ्यका मापदण्डमा लापरबाही गरिएका कारण संक्रमणको जोखिम बढेको जनाउँदै आएको छ । तर, पछिल्लो समय संक्रमण बढ्नुमा स्वास्थ्यका मापदण्ड मात्रै नभई अन्य कारणहरू पनि रहेको विज्ञहरू बताउँछन् । 

“हामीले लगाएको कोभिड–१९ विरुद्धको खोपका लास्टिङ अवधि ६ महिनासम्म हुन्छ, सुरु–सुरुमा लगाएकाहरूमा अब खोपले प्रतिरक्षा गर्ने अवधि सकिँदै गएका कारण संक्रमित हुने सम्भावना बढ्दै जान्छ,” संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला भन्छन् । यदि, अमेरिकालगायत मुलकुमा फैलिएको ओमिक्रोनको बी.ए. ४ र बी.ए. ५ भेरियन्टले संक्रमण गराइरहेको भए नेपालमा फेरि संक्रमण नफैलिएला भन्न नसकिने डा. कोइरालाको तर्क छ । 

जिन सिक्वेन्सिङको तयारी 

नेपालमा कोभिड–१९ संक्रमण मत्थर भएको पाँच महिनापछि फेरि बढ्दै जानुलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले पनि नजिकबाट नियालिरहेको जनाएको छ । प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेशकुमार गुप्ताका अनुसार छिट्टै सातै प्रदेशबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गर्ने तयारी एनपीएचएलले गरेको छ । केस बढ्दै गएपछि सिक्वेन्सिङ गरी कुन भेरियन्ट फैलिरहेको हो भन्नेबारे पत्ता लगाउन प्रक्रिया थालिएको गुप्ताले बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro