देश

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५, देउरालीस्थित खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिबार (जेठ २४) स्थानीय विनयी र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया रोषना रखालको मृत्यु भएको हो ।
डुबेर अचेत भएकी बालिकालाई स्थानीयले उद्धार गरी डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा ल्याएका थिए । त्यससँगै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले बताए ।
चार/पाँच बालबालिका पौडी खेल्न गएकामा रोषना डुबेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२ २१:३६
प्रतिक्रिया दिनुहोस्