देश

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३, सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक (असई) पुरनलाल राजवंशी रहेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ ०७:५७
प्रतिक्रिया दिनुहोस्