site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा वार्षिक कार्यक्रम पुस्तिका 'लिक', अर्थ मन्त्रालय भन्छ– चोरी भयो
SkywellSkywell

पोखरा । असार १ गते ल्याइएको गण्डकी प्रदेशको बजेटमाथि अझै छलफल सुरु हुन सकेको छैन । गठबन्धन सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको छ ।

तर, उक्त बजेटमाथि अर्थमन्त्री रामजी बरालबाहेक मुख्यमन्त्रीसहित मन्त्रीहरू र सत्ता एवम् प्रतिपक्षका सबै सांसदहरू रुष्ट छन् । बजेटमा भएको अर्थमन्त्रीको हस्तक्षेपलाई लिएर सरकारले नै अनिश्चितकालका लागि संसद्लाई 'बन्धक' बनाएको छ ।

सत्ता र प्रतिपक्ष दुवैको स्वार्थ मिलेको कार्यक्रम हो– निर्वाचन पूर्वाधार विकास कार्यक्रम । ७२ करोड यो कार्यक्रममा सांसदहरूले आफ्नो भागमा पर्ने रकम बराबरको योजना आफ्नो तजबिजले बाँड्न पाउनेछन् । त्यसकारण यो कार्यक्रममा सत्ता र प्रतिपक्षी एमालेको स्वार्थ मिलेको देखिन्छ ।

KFC Island Ad
NIC Asia

यो कार्यक्रम ल्याउन सबैले अर्थमन्त्रीलाई दबाब दिएका छन् । सो कार्यक्रम नआएमा उनलाई मुख्यमन्त्रीले हटाउनुपर्ने माग क्याबिनेटकै सदस्यदेखि सांसद र प्रमुख प्रतिपक्षी दल एमालेको छ । 

गण्डकी एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन नै गरेर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी बरालबीचको द्वन्द्व हटाएर सदनको अवरोध खुलाउन माग गरे । त्यसमा समस्या देखिएमा कि मुख्यमन्त्रीले अर्थमन्त्रीलाई हटाउनुपर्ने अन्यथा सरकारले राजीनामा दिएर मार्गप्रशस्त गर्नसमेत उनले सुझाव दिएका छन् ।

Royal Enfield Island Ad

अर्थमन्त्री बरालमाथि मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गरेको, मन्त्रिपरिषद्को निर्णयको उल्लंघन गरेको र गठबन्धनका चार दलबीचको साझा योजना काटेको आरोप लागेको छ । 

आरोपप्रत्यारोपकाबीच गण्डकीको बजेट विवाद पार्टीको हाइकमान्डसम्म पुगेको छ । हाइकमान्डले मिलाएर जान निर्देशन दिएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

केन्द्रको निर्देशनानुसार अर्थमन्त्री फेर्ने 'च्याप्टर क्लोज' भएपनि उनले बजेटमाथि गरेको हेरफेर चाहिँ टेली गर्न लागिएको छ । अर्कातर्फ प्रदेशसभामा पेस भएको बजेट वक्तव्यमाथिको छलफल नै सुरु नहुँदै गण्डकीमा वार्षिक विकास कार्यक्रम पनि लिक भएको छ ।

गण्डकी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १७ मा ‘विनियोजन तथा अर्थ विधेयक सम्बन्धि कार्यविधि’को व्यवस्था छ । उक्त परिच्छेदको नियम १३३ (५) बमोजिम वार्षिक अनुमानमाथि छलफल समाप्त भएपछि प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत हुने व्यवस्था छ ।

तर, आय र व्ययको अनुमान (वार्षिक बजेट), व्ययको सारांश (रातो किताब) र आर्थिक विधेयकसँगै पेस भएपनि हालसम्म छलफल सुरु हुन सकेको छैन । छलफल नै नभएको र वार्षिक कार्यक्रम पुस्तिका सार्वजनिक नभएको अवस्थामा गण्डकीका एक मन्त्रीले चाहिँ उक्त पुस्तिका ल्याएको खुलेको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले उक्त पुस्तिकामा आफ्ना योजना काटिएको भन्दै गत बुधबार सत्ता गठबन्धनका नेताको बैठकमा जबर्जस्ती छिरेका थिए ।

वार्षिक कार्यक्रम पुस्तिका लिक भएपछि गण्डकीमा बजेटमाथिको विवाद झनै बढेको छ ।

सदन खुलाउने विषयमा सत्ता गठबन्धनको बैठकमा उपस्थित एक नेताले भने, “सबैभन्दा पहिले योजना काटियो भनेर थाहा पाउने उहाँ नै हो ।”

अर्थमन्त्रालयले चाहिँ वार्षिक कार्यक्रम पुस्तिका चोरी भएको जनाएको छ ।

यता संसद् खुलाउन दिनहुँ बैठक बसेपनि निष्कर्ष निस्किएको छैन । गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले सदन कहिले खुल्छ भन्न नसकिने जानकारी गराए ।

मुख्यमन्त्री नेतृत्वको गठबन्धनको बैठकमा चाहिँ दलका नेताहरूले हाइकमान्डबाटै निर्देशन आएका कारण मिलाएर जानुपर्नेमा जोड दिएका छन् । तर, मिल्ने कसरी ? यो विषय नै पेचिलो बनेको छ ।

निश्चित अंकसहितको बजेट आइसकेकाले त्यसमा हेरफेर गर्न नसकिने भएपनि वार्षिक कार्यक्रम चाहिँ मन्त्रालयको सिलिङ भित्र आएको छ कि छैन भनेर पुनः टेली गरिने भएको छ ।

अर्थमन्त्रालयले सबै मन्त्रालयलाई दिएको सिलिङभित्रका योजना नै काटिएको र सिलिङ बढेर बजेट आएको भन्दै मन्त्रीहरू रुष्ट भएका हुन् ।

यसको समाधानका लागि वार्षिक कार्यक्रम पुस्तिका र मन्त्रालयगत सिलिङलाई क्रस चेकिङ गरी कति थपघट भएको हो, त्यो पत्ता लगाउन अहिले सबै मन्त्रालयले प्राविधिकसहित कर्मचारीको टोली खटाएका छन् ।

१२ वटा मन्त्रालय रहेको गण्डकीमा सबै मन्त्रालयको सिलिङको क्रस चेक गरिसकेपछि मात्रै केके संशोधन गर्ने नगर्ने भन्ने निर्णयमा सत्ता गठबन्धन पुग्ने छ । त्यसपछि मात्रै संशोधन गरेर जाने वा त्यसै अगाडि बढ्ने टुंगो लाग्ने छ ।

“सानो अन्तर परेको भए मिलाउँछौँ, ठुलै अन्तर भएको खण्डमा चाहिँ फेरि नेताहरूलाई के गर्ने भनेर सोध्नुपर्ने हुन्छ,” उनले भने ।

मन्त्रालयगत रूपमा चालु आर्थिक वर्षकै सिलिङमा रहेर अर्थ मन्त्रालयले सबै मन्त्रालयसँग योजना मागेको थियो । मन्त्रालयहरूले पनि सोही अनुसारको सिलिङ अर्थलाई बुझाए । तर, कुनै मन्त्रालयमा सीमाभन्दा बढिको बजेट विनियोजन भएको छ भने कुनै मन्त्रालयमा तोकिएकै सिलिङ भित्र पनि योजनाहरूको बजेटमा हेरफेर गरेको पाइएको हो ।

“यही चेकजाँचका लागि मन्त्रालयगत रूपमा कर्मचारी खटाएर क्रस चेकिङको काम भइरहेको छ,” एक नेताले भने ।

यता, प्रमुख प्रतिपक्षी दल एमालेले भने सत्ता गठबन्धनले संसद्लाई बन्धन बनाउन नहुने बताएको । तत्काल समाधान नभए सरकारले मार्ग प्रशस्त गर्नुपर्ने उसको माग छ । एमालेले मुख्यमन्त्रीले राजीनामा दिनुपर्नेसम्म बताएको छ ।

“बजेट भएपछि छलफलको प्रक्रियामा जानुपर्नेमा सत्तारूढ पार्टीभित्रको विवाद, अर्थमन्त्री र मुख्यमन्त्रीबीचको विवादका कारणले बजेट छलफल रोक्न मिल्छ ?,” एमाले नेता गुरुङले प्रश्न गरे ।

संसद्लाई निकास दिन मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

“कि अर्थमन्त्रीलाई कारबाही गर्न सक्नुपर्‍यो कि मुख्यमन्त्रीले राजीनामा दिनुपर्‍यो, होइन भने दुई पार्टीले यसरी मिलौँ भनेर मन्त्री फेर्नुपर्‍यो,” उनले भने ।

मुख्यमन्त्री र अर्थमन्त्रीको द्वन्द्वका कारण बजेट छलफल रोकिन नहुने उनले जोड दिए ।

“कुन कार्यक्रम पर्‍यो, कुन परेन, मन्त्रिपरिषद्को योजना काटियो कि काटिएन, त्यो मुख्यमन्त्रीको समस्या हो, संसद्को होइन । त्यसकारण संसद्मा बजेटको छलफल हुनुपर्‍यो । उनीहरूबीचको झगडा, उनीहरूको अकर्मण्यता र अयोग्यताका कारणले बजेट पास भइसक्नुपर्ने बेला भइसक्दा पनि छलफल हुन सकेको छैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro