राजनीति
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
आइतबार साँझ एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ मन्त्री नियुक्त भएका हुन् । उसले नयाँ मन्त्रीहरू पठाउन पुरा मन्त्रीहरूलाई बोलाएको छ ।
एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १९:१७
प्रतिक्रिया दिनुहोस्