site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखराको नीति तथा कार्यक्रम : सुत्केरीलाई पोषणभत्ता, दुई वर्षमा तार भूमिगत गरिने (पूर्णपाठ)
SkywellSkywell

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बुधबार स्वास्थ्यका क्षेत्रमा लोकप्रिय कार्यक्रम समावेश भएको नीति तथा कार्यक्रम पोखरा सभा गृहमा वाचन गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षमा महानगरले सुत्केरीलाई ६ महिनासम्म पोषण सम्बन्धित प्रोत्साहन भत्ता उपलब्ध गराइने बताए । यसबाहेक विपन्न, न्यून आयन भएका र सीमान्तकृत नागरिकहरूलाई दुई वर्षसम्म पोषणभत्ता र विवाह तथा मृत्यु दर्ताबापत प्रोत्साहन रकम उपलब्ध गराइने उनले बताए ।

“जन्मदर्तालाई सुत्केरी पोषणसँग अन्तरसम्बन्धित गरी ६ महिनासम्म न्यून आय भएका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराइने छ । यस अन्तर्गत कानुनले तोकेको म्यादभित्र व्यक्तिगत घटना दर्ता गर्ने विपन्न, न्यून आय भएका र सीमान्तकृत नागरिकहरूलाई जन्मेको दुई वर्षसम्म पोषणभत्ता उपलब्ध गराउने र विवाह तथा मृत्यु दर्ताबापत प्रोत्साहन रकम उपलब्ध गराइने छ,” नीति तथा कार्यक्रममा भनिएको छ ।

KFC Island Ad
NIC Asia

यसबाहेक पोखरा महानगरले ४० वर्ष माथिको उमेर समूहका सबै नागरिकहरूको आधारभूत निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । 

महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर स्क्रिनिङ लगायतका परीक्षण तोकिएका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क रूपमा गर्ने व्यवस्था मिलाइएको आचार्यले जनाए ।

Royal Enfield Island Ad

उनले पोखरा महानगरभित्रका पुराना बजारलाई पोखरा सम्पदास्थल बनाउने र यी क्षेत्रलाई सवारीविहीन बनाउने योजना अघि सारेका छन् ।

“पोखरालाई कला, संस्कृति र ऐतिहासिक सम्पदाको सहरका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सिद्धार्थ चोक, रामकृष्ण टोल, गणेश टोल, भैरव टोल हुँदै विन्ध्यवासिनीसम्मको क्षेत्रलाई पोखरा सम्पदास्थल पुरानो बजारको रुपमा प्रवर्द्धन गरिने छ,” उनले भने,  “यस क्षेत्रलाई क्रमशः सवारीविहीन बनाउँदै पदमार्ग बनाउने, घरहरू पुरानै स्वरूपमा निर्माण गर्न कलात्मक झ्याल तथा ढोका अनुदानमा उपलब्ध गराउने, यस्ता घरहरूको नक्सापास वा रेक्ट्रोफिटिङ दस्तुरमा छुट दिने र मठमन्दिर जिर्णोद्वार गर्ने नीति लिइने छ ।”

यी क्षेत्र पोखरा महानगरपालिकाको वडा नम्बर ४, २ र १ मा पर्दछन् ।

महानगरको मुख्य चुनौतीको रूपमा रहेका अव्यवस्थित तारलाई भूमिगत गराउने योजना पनि उनले अघि सारेका छन् ।

“आगामी दुई वर्षभित्र प्रमुख सहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइबर जडान गरिने छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा बिजुलीका तार भूमिगत गरी सहरी जोखिम न्यून गरिने छ र सुन्दरता बढाइने छ,” नीति तथा कार्यक्रममा भनिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ :

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro