site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राज्यमन्त्री वली प्रकरण : छानबिन समिति घटनास्थलमा
Ghorahi CementGhorahi Cement

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न गठित कार्यदलका पदाधिकारी तुलसीपुर पुगेका छन् । एक महिला र उनकी नाबालक छोरीलाई घरभित्र प्रवेश गरी कुटपिट गरेपछि वली विवादमा तानिएकी हुन् ।

राज्यमन्त्री वलीले गएको जेठ ३१ गते बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–५, आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी नाबालक छोरीमाथि घरभित्र पसेर कुटपिट गरेको आरोप लागेको छ । उक्त घटना अध्ययनका लागि आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मासहितको टोली मंगलबार (हिजो) बेलुका तुलसीपुर पुगेको हो ।

Agni Group

लुम्बिनी मन्त्रिपरिषद्को असार १ गतेको बैठकबाट राज्यमन्त्री वलीमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन् ।

घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सोही दिन राति मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा वलीलाई बुटवल ल्याइएको थियो । स्वास्थ्यमा समस्या आएको भन्दै सोही दिन मध्यराति उनी लुम्बिनी प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।

Global Ime bank

आफू र छोरीमाथि कुटपिट गरिएको भन्दै मीनाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । घरभित्र पसेर कुटपिट गरिएको तथा दराज फोडेर लत्ताकपडा फालेको र च्यातेको भन्दै मीनाले राज्यमन्त्री वलीमाथि कारबाहीको माग गरेकी छन् ।

गएको भदौमा मीनाका श्रीमान् एवं वाईसीएलका नेता एकराज बस्नेत र वलीबीच प्रेमसम्बन्ध रहेको चर्चा चलेको थियो । यद्यपि, पछिल्लो समय उनले एकराजलाई सापटीबापत दिएको रकम लिन उनको घरमा जाँदा आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोजेको भन्दै बचाउ गर्दै आएकी छन् ।

मन्त्रीको झन्डावाल गाडी र आफ्नो बडिगार्डसहित पुगेकी राज्यमन्त्री वलीले त्यहाँ एकराजलाई फेला नपारेपछि उनकी श्रीमती र छोरीमाथि दुर्व्यवहार गरेको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC