site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धवलागिरि अस्पताल :  बिरामी बढे,  चिकित्सक घटे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad


 बागलुङ । बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ ।  अहिले टोकन लिने, नाम लेखाउने,  बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ । चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामी लामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो सयम धवलागिरि अस्पतालमा सुधार भएको  । अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा  ध्यान दिइएको छ । चिकित्सकको समस्या भने उस्तै छ ।

दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चलेको छ । चिकित्सक अभावमा बिरामीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । अस्पतालमा दैनिक ३०० देखि ४०० बिरामी सेवा लिन आउने गरेका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढेको उनको भनाइ छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

छालासम्बन्धी,  ज्वरो,  झाडापखलालगायतका बिरामी बढेका छन् । “गर्मी बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको छ,” डा. पोखरेलले भने “अस्पतालबाट एकैपटक पाँच मेडिकल अधिकृतले छाडेर जानुभयो, सेवा दिन समस्या भइरहेको छ ।” एक मेडिकल सुपरिटेन्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टबाहेक अन्य दरबन्दी रिक्त छ । करार र छात्रवृत्तिका चिकित्सकले सेवा दिइरहेका छन् । 

पाँच करारका मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कार्यरत छन् । उनीहरुको सेवाअवधि सकिन लागेको अस्पतालले जनाएको छ । छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियमानुसार आउने गर्छन् । चिकित्सकको माग गर्दै प्रदेश र सङ्घीय मन्त्रालय धाइरहेको पोखरेलले बताए । रासस 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro