राजनीति
काठमाडौं । राजधानीस्थित पुरानो वानेश्वरमा स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्य वृद्धिविरुद्ध राँके जुलुस सम्पन्न भएको छ । मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायीत्वबाट सरकार पछी हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै सोमबार साँझ कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गरेको हो ।
आन्दोलनको नेतृत्व गरेकी पोखरेलले भनिन् ‘सरकारले गरेको अस्वभावीक मूल्य वृद्धिको असर जनताले भोग्नुपर्ने हुन्छ । यो कुनै पनि हालतमा हामीलाई स्वीकार्य हुँदैन । मूल्य वृद्धिवीरुद्ध तत्काल फिर्ता नलिए हामी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने छौँ ।’
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ ०९:१८
प्रतिक्रिया दिनुहोस्