site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राधिका 'हत्या प्रयास' घटना : आरोपितको नाम नखुलाएरै जाहेरी दर्ता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुधराम । सिन्धुली गोलान्चोर गाउँपालिका २ की राधिका कार्कीको हत्या प्रयास मुद्दामा जाहेरी दर्ता भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा राधिकाकी आमा अम्बिका कार्कीले जाहेरी दर्ता गराएकी हुन् ।

राधिकामाथि हत्या प्रयास भएकोबारे अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरेर उनकी आमाले जाहेरी दिएको धनुषाका प्रहरी नायव उपरीक्ष (डीएसपी) प्रदीप क्षेत्रलीले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, जाहेरीमा आरोपितको नाम किटान गरिएको छैन । राधिकाले भने आफूमाथि क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका अरूण साहले करेन्ट लगाएर ज्यान लिने प्रयास गरेको बताएकी थिइन् ।

प्रहरीकाअनुसार अब घटनाबारे अनुसन्धान सुरु हुने छ । प्रविधि, स्थानीय, आफन्त र साथीभाइको सहयोगमा अनुसन्धान गरेर वास्तविक दोषी पत्ता लगाइने प्रहरीले जनाएको छ । त्यसपछि पुनः किटानी जाहेरी दर्ता हुन सक्ने अथवा अनुसन्धानबाट दोषी देखिएको प्रतिवेदनको अधारमा पनि अदालतमा दोषीलाई बुझाउन सकिने छ ।

Royal Enfield Island Ad

राधिकाले बाह्रखरीसहितका मिडियालाई प्रेमी अरूण साहले ज्यान लिने प्रयास गरेको बताएकी थिइन् । अहिले उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । आक्रमणबाट उनको पेट, हात र खुट्टामा असर पुगेको छ । शरीरको ३० प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । हात र खुट्टाको औला काम गरेको छैन् । औँलाहरू काट्नुपर्ने चिकित्सकको सल्लाह छ । जलेको भागमा प्लास्टर गरिएको छ ।

दुवैजना जनकपुर थापा चोकस्थित कोठा भाडा लिएर बस्दै आएका थिए । उनीहरू आठ महिनादेखि सँगै रहेको पीडितको भनाइ छ । पीडित किशोरीकाअनुसार विवाह गरेर लैजान आफूले आग्रह गर्दा अरूणले नमानेपछि विवाद भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro