site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तारामण्डलको आयोजनामा महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा
SkywellSkywell

काठमाडाैं । महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा र सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

द्वन्द्वमा यौन हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

Dabur Nepal
NIC Asia

कार्यक्रममा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले संस्था मार्फत आफूहरूले महिलाको हितमा विगत लामो समय देखि काम गर्दै आएको बताइन् । ‘महिलाहरूले कुनै व्यवसाय गर्न बैंकबाट कर्जा निकाल्नु पर्‍यो भने श्रीमानको हस्ताक्षर समेत आवश्यक पर्ने रहेछ । एक जना १५ करोडको व्यवसाय सञ्चालन गरिरहनुभएको महिलाले बैंकबाट एक करोड ऋण निकाल्न श्रीमानको हस्ताक्षर नभएको कारण वञ्चित हुनुपरेको अवस्था छ । यो एकदमै निन्दनीय कुरा छ ,’ उनले भनिन् ।

उनले विगतको ५७ महिनामा १० हजार १३१ बलात्कारका घटना भएको उल्लेख गर्दै महिलाहरूले बाटोमा हिँड्दा सुरक्षित अनुभूति गर्न नसक्नु दुखद भएको समेत जिकिर गरेकी छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगकी आयुक्त तथा कार्यक्रमकी प्रमुख अतिथि कमला ओलीले महिलाहरूलाई आफ्नो हक र अधिकारको विषयमा जानकारी गराएकी छन् । कार्यक्रममा उपस्थित भएका करिब दुई सय जना महिलाहरूलाई आफ्नो हक हित र अधिकारको लागि आफै लड्न र सूचनाको हकमा पछि नपर्न उनले अनुरोध गरेकी हुन् ।

उनले सरकारी कार्यालय भित्रै पनि महिलाहरू माथि हिंसा भएको उदाहरण दिँदै भनिन् ‘सरकारी कार्यालय भित्रै पनि महिला माथि हिंसा भएका घटनाहरू प्रशस्तै छन् । हिंसाको स्वरूप फरक होला तर हरेक प्रकारको हिंसाको विरुद्धमा महिलाहरू जागरूक हुन आवश्यक छ । केही दिन अघि संविधानले महिलाहरूलाई दिएको सुत्केरी बिदाको अधिकारबाट समेत एक महिला वञ्चित भएको घटना मसँग आइपुगेको थियो । यस्ता घटना धेरै हुन्छन् महिलाहरू यसमा आफै जागरूक हुन आवश्यक छ ।’

त्यस्तै कार्यक्रमकी विशेष अतिथि तथा सञ्चारिका समूहकी अध्यक्ष विमला तुमखेवाले शिक्षाले भन्दा पनि आत्मनिर्भरताले महिला हिंसा अन्त्य गर्ने बाटोमा समाजलाई लैजाने बताएकी छन् । 

त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिका ९ कि जनप्रतिनिधि सिर्जना भेटवाल, सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जीला अनिल (शर्मा), राप्रपाका केन्द्रीय सदस्यहरू सिर्जना रानी वर्मा, सरस्वती लामा, नानु नगरकोटी लामा, स्वाती थापा र मधेसी आयोगकी प्रतिनिधि रेणु देवी साहलगायतको उपस्थिति रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu